वाईसिएल चितवनमा मोदराज

चितवन, ३० चैत । चयोङ कम्युनिष्ट लिग नेपाल (वाईसिएल) चितवनको आठौँ जिल्ला सम्मेलनका वक्ताहरुले नया संविधान कार्यान्वयन गर्न सबैको सहयोगको खाचो रहेको बताएका छन् ।

माओवादीको जनयुद्धको बलबाट प्राप्त भएको ycl chitwanजनताको संविधानलाई सबैले पालना गर्नुपर्ने बतएका हुन् । जनताको लामो समयको त्याग र बलिदानीका कारण देशमा नयाँ संविधान जारी भएको र यसमा सम्पूर्ण नेपालीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । कार्यक्रममा एकीकृत नेकपा माओवादी ३ नम्बर प्रदेशका सचिव नारायण दाहालले युवाहरु देशको लागि अपरिहार्य भएको बताए । भूकम्पले क्षतविक्षत बनाएको मुलुक पुनर्निर्माण गर्नको लागि समेत युवाहरुको महत्वपूर्ण भूमिका हुनुपर्ने दाहालको भनाइ थियो ।

आठौँ सम्मेलनले नयाँ नेतृत्व चयन समेत गर्नेछ । मंगलबार भएको जिल्ला सम्मेलनमा एमाओवादी चितवनका अध्यक्ष यमबहादुर परियार, योङ कम्युनिष्ट लिग नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद शर्मा, एमाओवादी चितवनका इन्चार्ज इश्वरी भट्टराई, योङ कम्युनिष्ट लिग नेपालका उपाध्यक्ष एवम् ३ नम्बर प्रदेश इन्चार्ज युवारज दुलाल, योङ कम्युनिष्ट लिग चितवनका संयोजक विरु तामाङ, योङ कम्युनिष्ट लिग ३ नम्बर प्रदेश सहइन्चार्ज ईश्वर सापकोटा सुमन, क्रान्तिकारी पत्रकार संघ चितवनकी अध्यक्ष शान्ता अधिकारी, अखिल नेपाल शिक्षक संघ चितवनका उपाध्यक्ष विश्व ओझा, अखिल क्रान्तिकारी चितवनका अध्यक्ष वसन्त आचार्यलगायतले मन्तव्य राखेका थिए ।

योङ कम्युनिष्ट लिग नेपाल चितवनका अध्यक्ष उत्तम गुरुङको अध्यक्षतमा भएको उद्घाटन सत्रमा योङ कम्युनिष्ट लिगका क्षेत्र नम्बर ४ का इन्चार्ज इश्वर रेग्मीले स्वागत मन्तव्य राखेका थिए ।

वाईसिएल चितवनमा मोदराज
यसैविच ८ औ जिल्ला सम्मेलनले मोदराज न्यौपानेको अध्यक्षतामा ४८ सदस्यीय नया“ कार्यसमिति चयन गरेको छ । १३ जना सदस्य चाडै थपेर कार्यसमिति ६१ सदस्यीय पु¥याइने जनाइएको छ ।

वरिष्ठ उपाध्यक्षमा किशोर पौडेल, उपाध्यक्षमा साजन अधिकारी, सचिवमा राजेन्द्र ढुङगाना रहेका छन् ।

यस्तै सहसचिवहरुमा रामहरि सेढाई, रोसन दहाल, कृष्ण तामाङ, अमर थापा रहेका छन् । कोषाध्यक्ष पनि चाडै चयन गरिने छ । सदस्यहरुमा केशव आचार्य, सन्तोष शर्मा लगायतका रहेका छन् ।
एमाओवादी पार्टीको यूवासंगठन मध्ये चितवनको वाइसीयल नेतृत्व मंगबारबाट नया बनेको हो ।