बजाजले ल्यायो नयाँ एभेन्जर

चितवन, ३० चैत । बजाज मोटरसाइकलले एभेन्जर सिरिजका नयाँ मोडलहरु बजारमा ल्याएको छ 20160410_115307। बजाजको आधिकारिक बिक्रेता नारायणी मोटर्सका सञ्चालक बालगोपाल चुकेले नयाँ मोडलका रुपमा एभेन्जर २२० क्रुज, एभेन्जर २२० स्ट्रीट र एभेन्जर १५० स्ट्रीट बनारमा ल्याएको बताए ।20160410_115109 20160410_115447 20160410_115452 20160410_115456 20160410_115501
ती बाइकको मूल्य क्रमशः क्रुजको २ लाख ९४ हजार ९००, २२० स्ट्रीटको २ लाख ८४ हजार ९०० र १५० सिसि स्ट्रीटको २४९ हजार ९०० मूल्य कायम गरिएको छ ।
यसैबीच, बजाज कम्पनीको आधिकारिक बिक्रेता रत्ननगरस्थित निशास मोटरसाइकल पार्टस् र खैरहनीस्थित आशीर्वाद अटो मोबाइल्सले पनि बजारमा लञ्च गरेको छ ।

निशास मोटरसाइकल पार्टसमा भएको कार्यक्रममा पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटा र पार्टसका सञ्चालक सञ्जिव थापाले संयुक्त रुपमा मोटरसाइकलको उद्घाटन गरेका थिए ।

यस्तै, आर्शिवाद अटो मोवाईल्समा भएको कार्यक्रममा स्थानीय समाजसेवीहरु जगनाथ ढकाल, चुडामणि चौधरी र धर्मराज अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.