हिन्दु राष्ट्र चाहिन्छ : पशुपति शमशेर

चितवन, २९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष पशुपति शमशेर जबराले नेपाल धर्म निरपेक्ष भएर बस्न नसक्ने बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति चितवनले सोमबार भरतपुरमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा आफ्नो मन्तव्य राख्दै जबराले ८२ प्रतिशत जनता हिन्दु भएको र ९४ प्रतिशत जनता ओमकार परिवारका भएका कारण नेपाल हिन्दू राष्ट्र हुनुपर्ने बताए । जबराले ९४ प्रतिशत ओमकार परिवार भएको मुलुक धार्मिक स्वतन्त्रता सहित हिन्दू राष्ट्र भएर बस्न सक्ने भन्दै नेपाललाई हिन्दु राष्ट्र कायम गर्न माग गरे ।
Pasupatiकार्य

क्रममा राप्रपाका पूर्व अध्यक्ष पशुपति शमशेर जबराले मधेसका माग सम्बोधन गर्नुपर्ने धारणा राखे । खोक्रो राष्ट्रबादका नारा लगाएर मधेसलाई अलग्याउन नहुने जबराको भनाइ थियो । सरकारको साझेदारी भए पनि राप्रपा सरकारको कामबाट हैरानी भएको जबराले टिप्पणी गरे । पुनर्निर्माणको काममा सरकारले प्रगति गर्न नसकेको भन्दै सरकारको कामप्रति जबराले असन्तुष्टी जनाएका छन् ।
विक्रम सम्वत् १९९० सालको महाभूकम्पमा पनि मुलुकको चार वर्षमा पुनर्निमार्ण भएको बताउँदै अहिले १० वर्ष लाग्ने बताउनुले सरकारको गैरजिम्मेवारीपना झल्किने जबराले बताए । नाकाबन्दी पछि सरकार कालो बजारीको जंगोलमा फसेको जबराले आरोप लगाए । नाकाबन्दीको बेला फाइदा लिएका दुई ठुला पार्टीका मन्त्रीहरुले ठूलो षड्यन्त्र र जालो यो मुलुकमा फिजाएको कारण साढे एक महिना बितिसक्दा समेत पेट्रोलियम आपूर्तिमा सहजता नआएको जबराको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published.