हुआईको म्याट–८ चितवनमा

 

भरतपुर, २९ चैत । चितवनको ग्राहकलाई मध्येनजर गर्दै एटुजेड मोबाईल हाउस चितवनले हुआईको म्याट ८ गोल्ड मोबाईल बजारमा ल्याएको छ । शनिबार नारायणगढमा उक्त मोबाईल लञ्च गरिएको छ ।
A2z
हुआईका कन्ट्री म्यानेजर डेनिस र रिटेल म्यानेजर जाउँले मोबाईल सार्वजनिक गरेका हुन् । ४ जीबी ¥याम, इन्टरनल मेमोरी ६४ जीबी भएको उक्त मोबाईलमा ८ मेगापिक्सल फ्रन्ट क्यामेरा र १६ मेगापिक्सलको व्याक क्यामेरा रहेको एटुजेड मोबाईल हाउसकी ब्रान्च म्यानेजर मीना न्यौपानेले बताइन् ।
उनका अनुसार ३० मिनेटमा ३७ प्रतिशत चार्ज हुने फाष्ट चार्जिंङ र धेरै टिक्ने व्याट्री व्याकअप छ । यसको बजार मूल्य ७९ हजार ९९९ रहेको छ । फिंगर स्क्यानरसमेत रहेकाले चलाउन सजिलो र स्लीम रहेको छ ।