एक्सपर्टले दियो विद्यार्थीहरुलाई जीवनवृती क्षमता विकास तालिम

 

चितवन, चैत्र २८ । एक्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको आयोजना र समृद्धि कन्सिल्टिङ्ग एण्ड ट्रेनिङ्ग सेन्टर प्रा।लिको सहकार्यमा आईतबार एक दिवसीय जीवनवृती क्षमता विकास विषयक गोष्ठी आयोजना गरेको छ ।7fffbe94-4a8f-44f0-a577-35dcb1c3d00e

वैदेशीक अध्ययनका लागि एक्सपर्टमा आवद्ध रहेर शैक्षिक परामर्श सेवा लिईरहेका विद्यार्थीलाई लक्षित गरि सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा ४० जना भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो । सो अवसरमा सहभागिहरुलाई जीवनवृती के हो रु जीवनवृतीमा योजनाको आवश्यकता, लक्ष्य निर्धारण, विद्यार्थी जीवनलाई सफल बनाउने उपाय, रोजगारीका लागि आवश्यक पर्ने सीप, रोजगारीका लागि अहिलेको विश्व बजार, रोजगारी प्राप्तीका लागि आम संचार माध्यामलाई उपयोग गर्ने उपाय आदि जस्ता विभिन्न विषयमा जानकारी गराइएको थियो ।

4444
कार्यक्रममा पत्रकार विनोदबाबु रिजाल, बोष्टर्न इन्टरनेशनल कलेज भरतपुरका मोहित सिंह ठगुन्ना र समृद्धि कन्सिल्टिङ्ग एण्ड ट्रेनिङ्ग सेन्टर प्रा।लिका प्रबन्ध निर्देशक चक्रपाणी तिमल्सिनाले सहजिकरण गरेका थिए । एक्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको अन्त्यमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.