छिमेकीले गरे ६ बर्षीय बालिकालाई करणी

चितवन, २९ चैत । पूर्वी चितवनको कालिका नगरपािलका–११ (साविक पदमपुर–८) मा ६ बर्षीय बालिका माथि बलत्कार भएको छ । आफ्नै छिमेकी १४ बर्षीय बालिकालाई राम नारायण नविन महतोले घरमा केहि नभएको समयमा बलत्कार गरेका हुन् । करणी गर्ने स्थानिय १४ बर्षिय नाम परिर्वतन सिर्जनालाईलाई प्रहरीले घटना भएको १० दिनसम्म पनि पक्राउ गर्न नसकेको पिडित परिवारले गुनासो गरेका छन् । घटना भएको दिन चैत्र १८ गते इलका प्रहरी कार्यालयमा उजुरी दिदा पनि आरोपीतलाई पक्राउ गर्न नसकेको उनकी आमाले बताइन् । घटना भए पछि शुक्रकारको दिन ईलका प्रहरी कार्यालय चितवनको टोलीले बालिकाको भरतपुर अस्पतालमा स्वास्थ्य परिक्षण गरेको थियो । यस विषयमा ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरिक्षक जयराम सापकोटाले कारबाही प्रकृया अगाडी बढाई सकेको जानकारी दिए ।
यसरी भयो बलात्कार बालिकाका आमाकै शब्दमा
म सिर्जनाको आमा हो । म विहानको खाना पकाउदै अरु काम पनि गरि रहेको थिए । त्यही दिन छोरीको परिक्षा सकिएको थियो । करिब विहानको ९ र १० बजेको बिचको समयमा नविनको हजुरआमा हाम्रो घरमा आउनु भयो । हजुर आमासगै छोरीे घर गएकी थिई । केही समय पछि छोरी रुदै म भएको ठाउमा आईन् । रुदै कराउँदै मेरो छेउमा आइन् लामो समय रुन नछाडे पछि मैले के भयो छोरी भनेर सोधे । छोरीले सकि नसकि सबै कुरा भनिन् मलाई दादाले आफुलाई मुख छोपेर बलत्कार गरेको बताइन् त्यसपछि तत्काल प्रहरीलाई खबर गरेसगै प्रहरी टोली आई पुग्यो । घटना भएको ५ दिन सम्म आरोपीलाई कता लुकाईयो लुकाईयो । अरोपितलाई प्रहरीले अहिलेसम्म पनि पक्राउ गर्न सकेन यो कस्तो कानुन हो मैले त बुझनै सकिन उनले भनिन् स्वास्थ्य परिक्षणमापनि बलत्कार नै गरेको पुष्टी भएको रिपोर्ट आउदा पनि उसलाई प्रहरीले किन पक्राउ गरेन उनले रुदै भनिन्। घर ४० मिटरको दुरीमा छ फेरी यस्तो घटना नघट्ला भन्न सकिन्न कसरी सुरक्षित महशुस गर्ने उनले गुनासो पोखिन ।
घटनालाई गुपचुप बनाउन किर्ते काम गरि चलखेल
घटना भएको भोली पल्टदेखी राजनीतिक दलको सहयोगमा अरोपीतको उमेर घटाउने खेल सुरु भए पछि मुद्दक्रुप फेरिएको छ । स्थानिय राजनीतिक दल र नगरपालिकाका कर्मचारीको मिलेमतोमा घटनालाई पन्छयाउने प्रयास भए पछि थप पिडा महशुस भयो उनका बुवालेभने । १४ बर्ष पुरा भई सकेको बालकलाई सजाय दिनबाट बचाउन जन्म दर्ता नया बनाईयो उनले भने । नक्कली जन्मदर्ता बनाए पछि प्रहरीले ढडा नै बरामद गरि ल्याईएको ईलाकाप्रहरी कार्यालयका प्रमुख सापकोटाले बताए । अहिले सरकारी वकिलको कार्यालयमा निजको सक्कली र नक्कली जन्मदर्ता पेश भए पछि सरकारी वकिले २४ घण्टा भित्र किर्ते काम गर्नेलाई पक्राउ गर्न प्रहरी आदेश समेत दिएको छ । आदेश दिने २ दिन भई सकयो अहिले सम्म किर्ते काम गर्नेहरुलाई पक्राउ पनि हुन सकेन उनले दुखेसो पोखे । एउटा जम्मेवारी सस्थाका कर्मचारीले एक पक्षीय कुरालाई लिएर यस्तो काम गर्न मिल्छ उनको प्रश्न थियो ।