उवासंघ रत्ननगर उत्कृष्ट (तस्वीरसहित)

रत्ननगर २९ चैत । पूर्वी चितवनको रत्ननगर उद्योग वाणिज्य संघ देशभरका उद्योग वाणिज्य संघ मध्ये उत्कृष्ट भएको छ । स्थानिय व्यवसायीका मुद्धा र स्थानीय स्तरमा सामाजिक तथा आर्थिक विकासका महत्वूर्ण भूमिका खेलेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले आफनो ५०औं वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०७२ को अवसरमा रत्ननगर उद्योग वाणिज्य संघलाई उत्कृष्ट घोषणा गरी पुरस्कृत गरेको हो ।
कार्यक्रम प्रमुख अतिथि प्रधानमन्त्री केपि शर्मा ओली र महासंघका अध्यक्ष पशुपति मुरारकाले संघका अध्यक्ष ज्ञानबहादुर विसुराललाई सम्मान पत्र हस्तान्तरण गरेका थिए । संघले विगत देखिनै व्यवसाय प्रर्बधन,सामाजिक विकास र वालश्रम न्यूनीकरणको लागि रचनात्मक काम गर्दै आईरहेको छ ।