राप्ति नगरपालिकामा जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता हुने

अनिल दराई
खैरहनी , चैत २८ । खुरखुरे युथ क्रिकेट क्लवको आयोजनामा पुर्वि चितवनको राप्ति नगरपालिका वडा नं. ९ विरेन्द्रनगरमा जिल्ला स्तरिय खुल्ला नकआउट टि–ट्वान्टि क्रिकेट प्रतियोगिता हुने भएको छ । नयाँ बर्ष २०७३ सालको पावन अवसरमा यही बैशाख २ गते देखी प्रतियोगिता गर्ने आयोजकले जनाएको छ ।cicret

चितवन भि सिक्स क्रिकेट क्लव सिड्नी अस्ट्रेलियाको मुख्य प्रायोजन तथा लायन्स क्लव अफ चितवन स्टार खुरखुरेको सहयोगमा प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिताको उपाधि तथा उपबिजेताले क्रमशः ३० हजार , १५ हजार सहित ट्रफी , मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यही बैशाख १८ गते सम्म चल्ने प्रतियोगिताको टिम दर्ता कार्य धमाधम भईरहेको प्रचार–प्रसार विभाग प्रमुख गणेश पौडेलले बताउनुभयो । उक्त प्रतियोगिता स्थानिय समाजसेवी राजेन्द्र बुर्लाकोटीले उद्धाटन गर्ने तय भएको छ । अहिले खेल मैदानमा सफा गर्ने तथा सम्याउने कार्य पनि अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ ।