मालपोत कार्यालयबाट अनलाइन काम सुरु

आनन्द पोखरेल
चितवन २८ चैत । मालपोत कार्यालय चितवनले आइतबारदेखि अनलाइन जग्गाधनी पुर्जा वितरण सुरु गरेको छ । कागजी प्रकृयाबाट काम गर्दा ढिलो र झण्झटिलो हुने भएकाले अनलाइन मार्फत जग्गाधनी प्रमाण पुर्जा वितरण सुरु गरिएको कार्यालयले जनाएको छ । ac7e6e4c-6848-4792-9915-27141f614b87आइतबार विभागका महानिर्देशक रोहित कुमार भट्टराईले चितवनका जग्गाधनी हरेराम थापालाई ११ नम्बरको डिजिटल मालपोत रजिष्टे«शन नम्बर प्रदान गरि अनलाइन सेवा सुभारम्भ गरेका थिए । भूमि सुधार मन्त्रालयले यस वर्ष १४ वटा मालपोत कार्यालयमा अनलाइन प्रणाली लागू गर्ने योजना अगाडि बढाएको छ ।

मालपोत कार्यालय चितवन अनलाईन प्रणाली मार्फत सेवा प्रदान गर्ने सातौँ मालपोत कार्यालय हो ।
गुणस्तरीय सेवा प्रदान गर्न र र एउटै जग्गा जालसाँझी गरि फरक फरक व्यक्तिलाई बेच्दै ठगी गर्न नसकुन् भनेर अनलाइन प्रकृया मार्फत जग्गाधनी प्रमाण पुर्जा वितरण सुरु गरिएको हो ।

सूचना प्रविधि भनेको नविनता र सिर्जनशिलताको एउटा आधार भएको प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सहसचिव उत्तर कुमार खत्रीले बताए ।

सेवाग्राहीलाई सेवा प्रवाहमा छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ अनलाईन प्रणाली सञ्चालन गरिएको खत्रीको भनाइ छ ।
मालपोत कार्यालय चितवनको अनलाइन सेवा शुभारम्भ कार्यक्रममा भूमि सुधार व्यवस्था विभागका महा निर्देशक रोहित कुमार भट्टराईले पछिल्लो समय मालपोत कार्यालयका एक दुई जना कर्मचारीका कारण सम्पूर्ण कर्मचारीको बदनाम भएको बताए ।

सम्पूर्ण कर्मचारीलाई जनताको काम चुस्त दुरुस्त रुपमा गर्न निर्देशन दिँदै भट्टराईले कर्मचारी नसच्चिएमा उनीहरुलाई विभागले कडाभन्दा कडा कारबाही गर्ने समेत चेतावनी दिए ।
मालपोत कार्यालय चितवनले आइतबारदेखि अनलाइन सेवा सुभारम्भ गरेको भएपनि सुरुमा कविलास, दारेचोक, कोराक र श्रीपुर गाविसका जग्गाहरुमा मात्र अनलाइन जग्गा दर्ता गरिने कार्यालय प्रमुख वरिष्ठ मालपोत अधिकृत टंक प्रसाद उपाध्यायले बताए ।