पटक -पटक लाईन काटिने समस्याले चितवनका उद्योगी हैरानीमा,

 

प्रकाश सिग्देल
चितवन २८ चैत । चितवनको औद्योगिक फिडरमा पटक पटक लाइन काटीने समस्या आएपछि उद्योगीहरुले समस्यामा परेको बताएका छन् ।
बिद्युत प्राधिकरण भरतपुर बितरण केन्द्रको लापरबाहिका कारण बिद्युत सञ्चालनमा समस्या सृजना हुदां उद्योगीहरु ठुलो समस्यामा परेको पलास्टिक ब्यवसायी संघ चितवनका अध्यक्ष डिल्लि राम सापकोटाले बताए । समस्या समाधानका लागी व्यवसायीहरुले आलोपालो गरेर उद्योग चलाउदा समेत समस्या समाधान नभएपछि उद्योग वन्द गर्नु पर्ने अवस्था सृजना भएको उनले जानकारी दिए ।12966138_364227050414739_557629467_n
भरतपुरको सव स्टेसन देखी पोखरा बसपार्क हुदै मंगलपुर,फुलवारी सम्मका रहेका एक सय पाँच ठुला उद्योगमा समस्या देखिएपछि आइतवार उद्योगीहरु विद्युत कार्यालयमा माग सुनुवाईका लागि गएका छनु ।
औधोगिक फिडरमा प्रयोग भएको तारको साईज सानो भएर तिब्र लोडका कारण तार चुड्ने र भोल्टेज घटवड हुने समस्या बडेपछि समस्या समाधानको माग गर्दै आफुहरु बिद्युत प्राधिकरणमा धर्नाका लागी गएको उद्योगी मुरारी प्रसाद ओलीले बताए । उद्योगको संख्या बढेसँगै बिद्युत खपत बढदै जाने तर बिद्युतको क्षमता नबढेका कारण उद्योग सञ्चालनमा दिनानु दिन समस्या भएको उनले दुखेसो गरे ।

औधोगिक फिडर बाट बिहान ६ देखी साझ ६ बजे सम्म दैनिक १२ घण्टा निरन्तर बिद्युत दिनु पर्ने भएपनि प्राधिकरणको कमजोरीका कारण दैनिक ८ घण्टा पनि नियमित बिद्युत सञ्चालन हुन नसकेको भन्दै ब्यवसायीले समस्या समाधान गर्न प्राधिकरण संग माग गरेका छन् ।
औद्योगीक फिडर आन्तरीक व्यवस्थापन तथा अनुगमन समितिका स्रयोजक एवं उद्योगी अरुणकुमार पियाले दैनिक आठ घण्टा विद्युत आउदा २६ पटक सम्म लाइन आउने जाने गरेको बताउदै ठुला उद्योगमा पटक पटक लाइन काटीदा धरै क्षती हुदै गएको जानकारी दिए । मेसिन तात्न मात्रै ३ घण्टा लाग्छ मेसिन तात्न नपाउदै लाईन जान्छ अनि कसरी उद्योग सञ्चालन गर्ने के खाएर बाच्ने कसरी कर्मचारीलाई तलव दिने उनको दुखेसो छ । आलोपालो प्रणलीमा उद्योग चलाउदा नियम नमान्नेहरुका लागि प्रति उद्योग १० हजार रुपैया अग्रीम उठाएर उद्योग चलाइएको भएपनी प्राधिकरणले आफुहरुलाई फिरीमा बिद्युत दिएजस्तो ब्यवहार गरेकाले समस्या बलझदै गएको उनले बताए ।

फिडरमा समस्या हुदा बेलैमा वनाउन नआउने , फोन गर्दा फोन नउठाउने, मोवाईलमा गर्दा कर्मचारी फिल्डमा छन् भन्ने जस्ता गैर जिम्मेवार जवाफ दिएर आफुहरुलाई तनाव सृजना गर्ने गरेको ब्यवसायी दण्डपाडी भटटले बताए ।

प्राधिकरणका कर्मचारीमाथी पलटिंगमा बिद्युत जडान गर्न ठेक्का लिने र सेवाग्राहीको काम गर्न छाडेर पलटिंगमा पोल र तार तान्दै रातारात धनी वन्ने गलत काम गरेको आरोप लाग्ने गरेको छ । चितवनमा उद्योगोगिक क्षेत्रमा प्रयोग गर्नका लागि २ वटा फिडर रहेकाछन् । वरावर क्षमता रहेका फिडर मध्ये एक नम्वरको फिडरमा ७ वटा उद्योग रहेको तर २ नम्वरको फिडरमा एक सय ५वटा ठुला उद्योग रहेकाछन् । एक नम्वर र दुई नम्वरको फिडर एक आपसमा जोड्नेहो भने बिद्युतको समस्या समाधान हुने ब्यवसायीहरु बताउछन् । तर एक नम्वरको फिडरको लाइन २ नम्वरको फिडरमा जोडीदिन विद्युतसँग पटक पटक माग गर्दा पनि कार्यालयले बिभिन्न वाहना वनाउदै आलटाल गर्ने गरेको उनले जानकारी दिए । एक नम्वरको फिडर बाट कोकाकोला र बियर फ्याटी सञ्चालनमा छ ।

दूईवटा फिडर जोड्नका लागी लाग्ने करिव ६० लाख खर्च मध्ये आधा रकम व्यवसायी आफैले व्याहोर्ने बताउदा पनि विद्युत कार्यालयले अटेर गरेको उनको भनाई छ । यता विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले व्यवसायीहरुको माग जायज भएको बताउदै केहि समयमानै कामलाई अगाडी बढाउने बताए । समस्या समाधानका लागी ब्यवसायी संग चार बुदे सहमती भएकोले समस्या समाधान हुने उनले जानकारी दिए ।

औधोगिक लाईन जडान गरेका उद्योगीले लोक्कल लाईन जडान गर्न नपाउने, दुर्ई बटा फिडरको लोड ब्यालेन्स गर्नका लागी पब्लिक पराईबेट पाट्नर सिप अन्त्रगत आधा आधा लगानीमा बैशाख ५ देखी सर्वे काम सुरु गर्ने र लोड ब्यालेन्स गर्ने , रुखका हागाले छोएर टिप गर्ने समस्या देखा परेकाले औधोगिक फिडर अन्त्रगतका रुखका हागा काट्ने लगायतका बिषयमा सहमती भएको उनले बताए । विद्युत समस्या राष्टिय समस्या भएका कारण हुन सक्ने सम्मको काम सहकार्यका आधारमा गर्न आफु तयार रहेको जानकारी दिए ।