बैशाख १ गतेबाट चितवनमा मिनरल वाटर बोतलको १८ रुपैया कायम

चितवन २८ चैत्र | चितवनमा मिनरल वाटर बोटलको पानि मूल्य घटेको छ । water_1436515379खुद्रा मूल्य २५ रुपैया रहेको बोतलको खुद्रामूल्य हाल १८ रुपैया कायम गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवन र चितवन वाटर बोटल उद्योगी व्यवसायी संघ वीच भएको छलफलले पानि को नया खुद्रा मुल्य तय गरेको ब्यवसायी संघ का अध्यक्ष सुसनलाल प्रधानले जानकारी दिए । चितवनका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिं ले उपभोक्ता र उद्योग वीच रहेको मुल्य अन्तरलाई कम गराउने प्रयास स्वरुप छलफलले नया मूल्यले सर्बसाधरणलाइ राहत पुग्ने बताए । चितवनमा हाल आठ वटा विभिन्न कम्पनीले बोटलको पानी उत्पादन गर्दै आएको छ । चौबिस हजार लिटर दैनिक उत्पादन हुदै आएको पानि जिल्लाका विभिन्न भागमा बितरण हुदै आएको छ । यो मुल्य २०७३ बैशाख १ गतेबाट लागु हुने प्रधालनले जानकारी दिए ।