वाईसीएल खैरहनीमा सुजनको नेतृत्व

अनिल दराई
चितवन, २७ चैत । पुर्वी चितवनको खैरहनी नगरपालिकामा आज (शनिबार) वाईसिएलको नगर भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाबाट सुजन पाण्डेको अध्यक्षतामा २१ सदस्य नयां कार्य समिती चयन गरेको छ । Sujan Pandeyकार्यसमितीको उपाध्यक्षमा रञ्जन पौडेल, सचिवमा प्रवल भुर्तेल, कोषाध्यक्ष दुर्गा नेपाल चयन भएका छन् । सो अवसरमा विभिन्न राजनितिक दलबाट १० जना पार्टी प्रवेश गरेका थिए । कार्यक्रम वाईसिएल चितवन क्षेत्र नंं. १ का केशवराज भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।