चेपाङ महिलालाई स्वास्थ्य सेवाबारे प्रशिक्षण

रत्ननगर, २७ चैत । चितवनका ६ वटा पहाडी गाविसमा चेपाङ महिलालाई स्थानीय स्वास्थ्य संस्थाहरुले प्रदान गर्ने सेवा तथा सुविधाका वारेमा प्रशिक्षण दिईएको छ ।
डेक नेपाल सौराहाले सञ्चालन गरेको चेपाङ महिला शशक्तिकरण परियोजना अन्र्तगत काउले, चण्डिभन्ञ्याङ, शक्तिखोर, सिद्धि, कोराक र लोथरका चेपाङ महिलाहरुलाई प्रशिक्षण दिईएको हो ।12966252_998785863535603_1930889320_n
प्रत्येक गाविसमा ४५ जना गरी २७० जना चेपाङ महिला र पुरुषहरुको सहभागिता रहेको परियोजनाका संयोनक जनक कार्कीले जानकारी दिए ।
कार्यक्रममा चेपाङ महिलालाई स्थानीय स्वास्थ्य संस्थाले प्रदान गर्ने प्रजनन् स्वास्थ्य, मातृत्व, वाल स्वास्थ्य, परिवार नियोजनका वारेमा जानकारी गराईएको थियो ।
साथै उनीहरुलाई कृषि अन्र्तगत मौसमी तरकारी खेतीको बरेमा तालिम दिएर ७५० घरधुरीलाई विभिन्न ६ जातका लहरे तरकारी खेतीको बीउ वितरण गरिएको परियोजनाका संयोजक कार्कीले बताए ।
कार्यक्रममा स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवा सुविधाका वारेमा सम्बन्धित गाविसका स्वास्थ्य चौकी प्रमुखहरुले तथा परियोजनाका संयोजक कार्कीले महिला नेतृत्व,समाजिक जवाफदेहीता र समावेशीकरण वारे सहजीकरण गरेका थिए । त्यसैगरी शनिवार लोगर गाविसको यौरेलीटारमा चेपाङ महिला पैरवी मञ्चका सदस्यहरुलाई कृषि, स्वास्थ्य तथा सामाजिक जवाफदेहीताको वारेमा प्रशिक्षण दिईएको छ ।
कार्यक्रममा पैरवी मञ्चले अहिले सम्म गरेका विभिन्न कामको वारेमा छलफल समेत गरिएको थियो । छलफलका क्रममा अगुवा चेपाङ महिलाहरुले गाविसमा स्वास्थ्य,सरसफाई,आयआर्जन,सामाजिक परिचालन,योजना निर्माण प्रक्रियामा सहभागिता जनाउन महिलाहरु सक्षम हुदै गएको बताएका थिए ।
६ वटा गाविस सो परियोजना लागु भएपछि चेपाङ महिला पैरवी मञ्चका सदस्यहरुले स्थानीय सरकारी निकायहरुसंग विकासका योजनाहरु माग गर्ने गरेका परियोजनाका संयोजक कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published.