कावासोतीकी सुजता राईले जितिन रजत पदक

 12802939_548143708678176_4535065447060127607_n

दयाराम आचार्य ।
नवलपरासी,चैत्र २७ ।
काठमाण्डौमा भएको १४ औं राष्ट्रिय पुरुष तौल समुह खुल्ला र १३ औं राष्ट्रिय महिला खुल्ला फुट कन्ट्रयाक्ट क्योकुसिन कराते प्रतियोगितामा नवलपरासीका खेलाडिले रजत तथा बेस्ट फाईटरको उपाधि जितेका छन ।
खुल्ला महिला फुट कन्ट्रयाक्ट क्योकुसिन कराते तर्फ कावासोती १३ कि सुजता राईले रजत पदक प्राप्त गर्न सफल भएकी छन । देश भरीका बिभिन्न क्षेत्रबाट सहभागि प्रतिस्पर्धिमा राईले दोश्रो हुदै रजत पदक प्राप्त गर्न सफल भएकी हुन ।
यस्तै पुरुष ५० केजि मुनि फुट कन्ट्रयाक्ट क्योकुसिन कराते तर्फ कावासोतीकै शक्ति माकिम मगर बेस्ट फाईटर बन्न सफल भएको क्योकुसिन कराते नवलपरासीका मुख्य प्रशिक्षक कुञ्ज बहादुर राईले जानकारी दिनुभयो ।

हिजो बाट शुरु भएको प्रतियोगितामा नवलपरासीबाट महिला पुरुष गरी ८ जना खेलाडिले सहभागिता जनाएका थिए ।