चितवन कोई र चिनियाँ कम्पनी सिनो हाइड्रोको संयुक्त लगानीमा ५ महिना भित्र ५० मेगावाट विद्युत थपिने

चितवन, २७ चैत । मुलुकभित्र आगामी अक्टोवरमा ५० मेगावाट विद्युत थपिने भएको छ। सगरमाथा सिनो हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको माथिल्लो मर्स्याङ्दी जलविद्युत परियोजनाबाट ५० मेगावाट विद्युत केन्द्रीय प्रसारणमा जोडिनेछ ।

लमजुङको भुलभुले गाविसमा रहेको यो जलविद्युत आयोजनामा नेपाली र चिनियाँ लगानीकर्ताले संयुक्त लगानी गरेका छन् । यो परियोजनामा नेपालको चितवन कोई र चिनियाँ कम्पनी सिनो हाइड्रोको संयुक्त लगानी छ।rajensh  - Copy

यो नेपालमा चिनियाँ लगानीको पहिलो जलविद्युत परियोजना समेत हो। तोकिएको भन्दा करिव पाँच महिना अघि नै विद्युत उत्पादन सुरु गर्न लागेको हो । सामान्यतया विद्युत आयोजनाहरु तोकिएको समय भन्दा निकै ढिला सम्पन्न हुने प्रबृत्ति छ ।
‘पहिलो टर्वाइनबाट अगस्टमा उत्पादन थाल्नेछौ र दोस्रो सेप्टेम्बरमा उत्पादन गर्नेछौं । विद्युत उत्पादन गर्ने बारेमा उर्जा मन्त्रालय र विद्युत प्राधिकरणलाई समेत जानकारी गराइसकेका छौ ।’
कम्पनीका संचालक राजेशबाबु श्रेष्ठले परियोजना निर्माण अन्तिम चरणमा पुगेको बताए। ‘पहिलो टर्वाइनबाट अगस्टमा उत्पादन थाल्नेछौ र दोस्रो सेप्टेम्बरमा उत्पादन गर्नेछौ, उनले बिजमाण्डूसँग भने, “हामीले विद्युत उत्पादन गर्ने बारेमा उर्जा मन्त्रालय र विद्युत प्राधिकरणलाई समेत जानकारी गराइसकेका छौ ।’

आयोजनाको सिभिल वर्कको काम ९९ प्रतिशत सकिइसकेको छ भने इलेक्ट्रोमेकानिकलको काम पनि अन्तिम चरणमा छ। कम्पनी आफैले ट्रान्समिसन लाइन निर्माण गरेको छ। निर्माण सम्पन्न गरेपछि भुक्तानी पाउने आधारमा कम्पनी आफैले ट्रान्समिसन लाइन निर्माण गरेको हो ।

सञ्चालक श्रेष्ठका अनुसार प्राधिकरणले नै ट्रान्समिसन लाइन निर्माण गर्छ भनेर पर्खदा उत्पादित विजुली खेर जाने भएकोले कम्पनी आफैले निर्माण गरेको हो। तोकिएको समयभन्दा झन्डै पाँच महिना अघि यो परियोजना निर्माण सकिदैछ।

चिनियाँहरुले २४ घन्टा काम गरेर तोकिएको समयभन्दा पहिला निर्माण सक्न लागेका हुन् । भूकम्प र नाकाबन्दीका कारण परियोजनालाई असर पर्यो। भूकम्प र नाकाबन्दीको असर नपरेको भए आयोजना अहिलेभन्दा छ महिना अघि नै निर्माण भइसक्थ्यो।

यो परियोजनामा सिनो हाइड्रोको ९० प्रतिशत र चितवन कोईको १० प्रतिशत लगानी छ। परियोजनामा सिनो हाइड्रोको इक्विटीमा ४ अर्ब ३२ करोड र चितवन कोईको ४८ करोड लगानी छ। यो जलविद्युत परियोजनामा चीनको एक्जिम बैंकले ७० प्रतिशत लगानी गरेको छ।

यो परियोजनाका परिकल्पनाकार स्वर्गिय लक्ष्मणबाबु श्रेष्ठले स्वदेशी लगानीबाट परियोजना ल्याउन चाहेपनि स्वदेशी बैंकको क्षमता नपुगेपछि विदेशी बैंकबाट ऋण लगानी लिन बाध्य भएका थिए।

Leave a Reply

Your email address will not be published.