शिक्षक अध्ययनशिल बन्नु पर्यो : संसद घिमिरे

चितवन २७ चैत्र । व्यावस्थापीका संसदका सदस्य रामकृष्ण घिमिरेले पछिल्लो समयमा सामुदायीक विद्यालय तर्फ विद्यार्थीको विश्वास घट्दै गएको बताएका छन् । शिक्षकहरुको अध्ययनको कमिका कारण सामुदायीक विद्यालय तर्फ विद्यार्थीहरुको आकर्षण घटेको उनको भनाई थियो । हिमालय निम्न माविको ३३ औ वार्षिकोत्सवको अवसरमा वोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
सो अवसरमा वोल्दै उनले अवको शिक्षा भनेको जिवनउपयोगि हुन आवश्यक रहेको बताए । जसले गर्दा विद्यार्थीलाई शिक्षा प्रति आकर्षण वढ्ने उहाँको भनाई थियो । विदार्थीलाई सामुदायीक विद्यालयको शिक्षा प्रति विश्वास नभएका कारण विद्यार्थीको चाप घट्दै गएको उनको भनाई थियो ।
विद्यालय व्यावस्थापन समितिका अध्यक्ष खड्ग वहादुर केसिको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्रोत व्याक्ति नरेन्द्र केसि, वेद प्रसाद थापा, शान्ति अधिकारी, नरेन्द्र कन्दङ्गवा लगाएतले बोलेका थिए । विद्यालयका प्राध्यानाध्यापक नहेन्द्र खड्काले आर्थिक तर्था वार्षिक प्रतिवेदन पेश गर्नु भएको सो कार्यक्रममा विद्यालयको भबन निर्माणका लागि सहयोग गर्ने ६३ जनालाई सम्मान समेत गरीएको थियो ।

Leave a Reply

Your email address will not be published.