स्थापना दिवसमा सभापति कप

चितवन २७ चैत्र । नेपाल विद्यार्थि संघको ४६ औ स्थापना दिवसको अवसर पारेर नेविसंघ विरेन्द्र बहुमुखि क्याम्पस भरतपुरले सभापति कप अन्तर कलेज फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । चितवनमा स्ववियू निर्वाचन हुने क्याम्पसहरुको सहभागितामा सो प्रतियोगिता गर्न लागिएको आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिईएको हो ।savapati-cup
पार्टि सभापति शेरवहादुर देउवाको सम्मान र स्ववियू निर्वाचनका लागि दवाव स्वरुप कार्यक्रमको आयोजना गरीएको नेविसंघ विरेन्द्र क्याम्पसका ईकाई सभापति बचन कार्किले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा चितवनमा स्ववियू निर्वाचन हुने १३ वटा कलेजको सहभागिता रहने छ । काँग्रेस सभापति शेरवहादुर देउवा २०२८ सालमा चितवनमा सम्पन्न भएको नेविसंघको अधिवेसन वाट निर्वाचित सभापति हुनु भएको थियो ।
प्रतियोगितामा प्रथम हुनेले ४६ हजार नगद, ट्रफि र प्रमार्ण पत्र, द्धितिय हुनेले २७ हजार नगद, ट्रफि र प्रमार्णपत्र प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । प्रतियोगिताको उद्घाटन संविधान लेखन समितिका सदस्य रमेश लेखकले गर्ने कार्यक्रम रहेको छ ।