नगर समितिको पहिलो वैठक

चितवन २७ चैत्र । नेपाली काँग्रेस भरतपुर उपमहानगरपालीकाको नगर समितिको पहिलो वैठकले नेपाली काँग्रेसका पूर्व सभापति स्व. शुशिल कोईराला प्रति श्रद्धान्जलि अर्पण गरेको छ । नगर सभापति भरत अधिकारीको अध्यक्षतामा सम्पन्न सो बैठकले २६ औ जनआन्दोलन दिवसको स्मरण गर्दै आदोलनमा सहादत प्राप्त गर्ने सवैमा श्रद्धा सुमन व्यक्त गरेको छ । नगरपालीका भित्र रहेका २९ वटौ वडाका वडा सभापतिहरु सहभागि सो कार्यक्रममा वोल्दै नेपाली कानँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले अवको समयमा काँग्रेस एक हुनु पर्ने भन्दै यसका लागि सवै मिलेर जानु पर्ने बताए । आन्दोलनको उपलव्धिलाई संस्थागत गर्नका लागि काँग्रेस जिम्मेवार वन्नु पर्ने भन्दै सभापति श्रेष्ठले पार्टि भित्रको गुटवनिध अन्त्य गर्ने बताए । बैठकमा नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशि, कोषाध्यक्ष शंकर कडेल लगाएतको सभधागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.