काँग्रेस बलियो भए मात्र संविधान कार्यान्वयन हुन्छ

चितवन २७ चैत्र । नेपाली काँग्रेस बलियो भए मात्र संविद्यान कार्यान्वयन हुन सक्ने आज भरतपुरमा आयोजित एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । नेपाली काँग्रेस भरतपुर उपमहानगरपालीका वडा नम्वर १० वडा समितिले आयोजना गरेको पद हस्तान्त्रण, सम्मान, गोजि पात्रो बिमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा वोल्ने बक्ताहरुले यस्तो बताएका हुन ।
काँग्रेसको नेतृत्वमा जारी भएको संविधान कार्यान्वयनका लागि काँग्रेसकौ नेतृत्वमा सरकार गठन हुन आवश्यक रहेको उनिहरुको भनाई थियो । जसका लागि काँग्रेस आफुमा सक्षम हुनु पर्ने सो अवसरमा वोल्ने बक्ताहरुले बताएका थिए । नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशि प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा वोल्ने बक्ताहरुले अवको राजनैतिक वागडोर काँग्रेसको काधमा रहेको भन्दै सबैलाई मिलाएर लैजानु पर्ने आजको आवश्यकता रहेको बताएका थिए ।
वुथका निर्वतमान सभापति उत्तम जोशिले र नव निर्वाचित सभापति ध्रुर्वराज सुवेदीले एक आपसमा कुर्सि साटासाट गरेर पद हस्तान्त्रर्ण गर्नु भएको सो कार्यक्रममा नेपाली काँग्रेसका नव निर्वाचित जिल्ला कार्यसमिति, क्षेत्रिय समिति, नगर समितिलाई सम्मान गरीएको थियो । कार्यक्रममा नेपाली काँग्रेस चितवनका कोषाध्यक्ष शंकर कडेंल, कार्यसमिति सदस्य डा. ईश्वरी लौडारी, महाधिवेसन प्रतिनिधिहरु राजेश्वर खनाल, प्रकाश अधिकारी, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष ध्रुर्व पोख्रेल, भरतपुर उपमहानगरपालीकाका नगर सभापति भरत अधिकारी, खेलकुद विकास समितिका मध्यमाञ्चल उपाध्यक्ष परमेश्वर खनाल लगाएतले बोलेका थिए ।