प्याब्सन चितवनको शुल्क वृद्धि विरुद्ध अखिल क्रान्तिकारीले आन्दोलन गर्ने

सरोज आचार्य
चितवन, २७ चैत । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) चितवनद्वारा निजी विद्यालयको शुल्क बढाउने घोषणा गरिएकोप्रति अखिल क्रान्तिकारी चितवनले आन्दोलन उत्रिने घोषण गरेको छ ।
एमाओवादी निकट अखिल क्रान्तिकारी चितवनले हालै मात्रै प्याब्सन चितवनद्वारा निजी विद्यालयको शुल्क बढाउने निर्णय प्रति गम्भीर ध्यान आर्कषण भएको जानकारी गराउदै शुल्क वृद्धि व्यावहारिक एवम् कानूनी दुवै रूपबाट असम्भव भएको ठहर गरेको छ ।
“अखिल क्रान्तिकारी चितवनका अध्यक्ष वसन्त आचार्यद्धारा जारी विज्ञप्तीमा भनिएको २०७२ साल निकै दुःखद् रह्यो, भुकम्प र नाकावन्दीले गर्दा आम नेपालीहरु आक्रान्त बनेको अवस्थामा उक्र मार विर्सन नपाउदै नया् शैक्षिकशत्रको सरुवातामा नै प्याब्सन चितवनद्वारा शुल्क बढाउन आन्दोलनमा नै जाने निर्णय प्रति अपत्ति छ । ”
आचार्यले भौतीक संरचना र गुणस्तरी शिक्षा ध्यान नदिई शुल्क वृद्धिलाई मात्रै ध्यान दिई शुल्क वृद्धिको निर्णय फिर्ता नलिने आन्दोलनबाट हुने क्षतिको जिम्मा स्वयम् प्याब्सन चितवनले लिनुपर्ने चेतावनी दिए ।
उनले नेपालमा अधिकांश अभिभावकको आयस्तर पनि कमजोर भएको अवस्थामा शुल्क वृद्धिभन्दा निजी तथा सरकारी क्षेत्रको साझेदारीलगायत विकल्पको खोजी गर्नुपर्ने बताए ।