अभिभावकहरुले बालालिकाको ईच्छा वुझन सकेनन्

चितवन २७ चैत्र ।अभिभावकहरुले बालालिकाको ईच्छा वुझन नसक्दा वालवालिकाहरु बालबालिकाको भविश्य अन्योलमा पर्ने गरेको आज भरतपुरमा आयोजित एक कार्यक्रममा वोल्न बक्ताहरुले बताएका छन् । सृजना वोडिङ् स्कूलको आयोजनामा आयोजित अभिभावकहरुलाई शैक्षिक परामर्श कार्यक्रममा वोल्ने बक्ताहरुले यस्तो बताएका हुन ।
बालबालिकाको समस्या समाधानका लागि अभिभावकको भूमिका महत्वपूर्ण हुने भएता पनि अभिभावक गैर जिम्मेवार वन्दा उनिहरुको प्रतिभावको कदर नभएको उनिहरुको भनाई थियो । बालालिकाको मनोभावनालाई अभिभावकले कुल्चिएर आफ्नो ईच्छा लाद्न खोज्दा बालबालिकाहरुको मनोबल र्गिन गई उनिरुमा मानसिक असर पर्ने गरेको सो अवसरमा वोल्ने बक्ताहरुले बताएका थिए । चितवनमा पहिलो पटक आयोजना गरीएको सो कार्यक्रममा बालबालिकाको चाहना अनुसारको शिक्षा आवश्यक रहेको र जसको सुरुवात घर बाट हुन आवश्यक रहेको उनिहरुको भनाई थियो ।
कार्यक्रम संयोजक मुकुन्द आचार्यको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा अभिभावकले जति शिक्षकले बालबालिकाको मनोभावना वुझ्न नसक्ने भएकाले अभिभावकले नै उनिहरुको मनोभावना वुझ्ेर शिक्षा दिनु पर्ने उनिहरुको भनाई थियो । देबेन्द्र भट्टले सहजिकरण गर्नु भएको सो कार्यक्रममा विद्यालय व्याव्स्थापन समितिकी अध्यक्ष मनु थापा, विद्यालयका प्राचार्य चिरञ्जीवि थापा, नारायण गौतम, रामचन्द्र न्यौपाने, सुस्मा गुरुङ्, बिशाल टोल सुधार समितिका अध्यक्ष लिला वल्लभ भूशाल लगाएतले वोलेका थिए ।

Leave a Reply

Your email address will not be published.