चितवनमा आईतबारबाट अनलाईनबाटै घर तथा जग्गा रजिस्ट्रेशन सेवा सुरु गर्ने

राजेन्द्र आचार्य
चितवन, २७ चैत । जिल्लामा नै पहिलो पटक मालपोत कार्यालय चितवनबाट अनलाईनबाट घर तथा जग्गा रजिस्ट्रेशन सेवा सुरु गर्ने भएको छ ।
योसँगै जग्गा रजिस्टे«शनमा विद्यमान परम्परागत स्रेष्टा र ढड्डा पल्टाएर पास हुने व्यवस्थाको अन्त्य भएको छ । malpot-chitwan-620x330
शुरुमा जिल्लाको ४ वटा साविक श्रीपुरगाविस  र  कोराक, कविलास र चण्डीन्ज्याङ्ग गाविसका स्थानियलाई लक्षित गरि घर तथा जग्गा अनलाईनबाट रजिस्ट्रेशन गर्ने सेवा शुरु गर्न लागेको मालपोत कार्यालय चितवनका प्रमुख टंकनाथ उपाध्यायले सौराहा अनलाईनलाई जानकारी दिए ।
जस अनुसार अब देखि नामसारी, राजिनामा, जग्गा रजिस्ट्रेशन, दाखिला, खारिज, सशोधन, मोही कट्टा, गुठी जग्गा दर्ता सहितका काममहरु अनलाईन प्राणलीबाटै हुन्छ ।
भने यसका लागि सेवाग्रहीले सुरु निदेशन दार्ता गराएपछि ४ चरणमा सबै सकिने उनले बताए ।
हाल जिल्लामा परिक्षणका रुपमा ४ वटा गाविसबाट सुरु भएको काम आगामी साढे दुइृ बर्ष भित्र सबै नगरपालिकाकाहरु समेत लागु गरिने मालपोत कार्याल चितवनले जनाएको छ ।
भूमि सुधार तथा व्यवस्थापन विभागको भू–अभिलेख सूचना व्यवस्थापन प्राणली आयोजना अन्र्तगत जिल्ला मालपोत कार्यालय चितवनले ७ औ नम्बरमा आइतबार देखि अनलाईनबाट घर तथा जग्गा रजिस्ट्रेशन सेवा सुरु गर्ने भएको हो–विभागका सूचना प्रविधि निर्देशक श्रीचन्द्र शाहले भने– अब विचौली र लेखापढीको झनझट हट्नेछ ।
उनले सूचना प्रविधिको विकाससगै आफ्नो जग्गाबारेमा जग्गा धनी र सरोकारवालालाई सहज रुपमा सूचना प्रदान गर्ने समेत बताए ।
विभागले देशका विभिन्न ठाउंका १४ वटा मालपोत कार्यालयमासुरु गरेको अनलाईन सेवा सबै मालपोत कार्यलयमा आगामी दुई बर्ष भित्र गर्ने लक्ष्य समेत राखेको छ ।
विभागले गएको साउन २छ गते पहिलो पटक मालपोत कार्यालयबाट यो अनालाईन प्राणली सुरु गरेको थियो ।

यसरी अनलाईनबाट काम हुन्छ (पुरा विवरण सहित)

सुरुमा सेवा ग्रही मालपोत कार्यालयमा जान्छन् । एउटा निवेदन लेखेर दर्ताका लागि सेवा कक्षमा जानु पर्छ । जहां अनलाईन प्राणलीका लागि सबै लगत भएको टाटा सहितको कम्प्युटरमा कर्मचारी हुन्छन् । त्यहां निवेदन दार्ता हुन्छ । निवेदनमा सेवाग्रहीले अनिर्वाय रुपमा आफ्नो मोवाईल नम्बर राख्नु पर्दछ । त्यसपछि निवेदन दर्ता हुन्छ । दर्ता लगत्तै सिधै मोवाईलमा म्यासेज आउछ । अनि तापाइृ प्राप्त गरेको दर्ता नम्बर एक पटक सहि रुपमा भएको छ वा छैन् भनि तहरील (नायब सुब्बा)ले रुजु गर्दछन् । त्यसपछि कित्ताकाट गर्नु भए नापी जान्छ, र नापाीबाट आएपछि राजश्व तिर्न जानुपर्दछ । राजश्व तिरेपछि सिधै मालपोत अधिकृतकोमा अनलाईनबाटै सबै टाटा जान्छ, अनि उहांकै रोहबरमा जग्गापास हुन्छ । अनि अनलाईन्बाटै जग्गा धनी प्रमाणपत्र पाइन्छ । र आफुले चाहेको जुनसुकै वेला पनि तपाईले मापलोपको वेवसाईटमा गएको आफ्नो विवरण हर्नु पढ्नसक्हुन्छ ।

Leave a Reply

Your email address will not be published.