पशु अधिकारको पक्षमा साइकल ¥याली (तस्वीरसहित)

चितवन, २७ चैत । पशु हितका क्षेत्रमा सक्रिय युवाहरुले शनिबार बिहान भरतपुरदखि नारायणगढसम्म साइकल ¥याली निकालेका छन् । विभिन्न पर्वका बेलामा भगवानका नाममा दिइने पशु बली रोक्न र सरकारले हालै मात्रै कानुन संसोधन गरी वन्यजन्तु पालनलाई प्रोत्साहन गर्न खुकुुलो नीति तय गर्न लागेको विरोधमा ¥याली निकालेको आयोजकहरुले जानकारी दिएका छन् ।cycle ril
पशु अधिकार संस्था (एनिमल राइट्स क्लब), वन फुड फरवार्ड र लियो क्लब चितवन सेन्ट्रलले साइकल ¥याली आयोजना गरेका हुन् । पशु बलीका साथै वन्यजन्तु पालन तथा प्रजनन्मा सर्व साधरणलाई पनि अनुमति दिने गरी कानुन संशोधन प्रक्रिया अघि बढाइएको सरकारी कदमको विरोधमा ¥याली आयोजना गरेको एनिमल राइट्स क्लबका अध्यक्ष सुराजन श्रेष्ठले बताए ।11
भरतपुरको केन्द्रीय बस पार्कबाट सुरु भएको साइकल ¥याली, हाकिम चोक, चौबिस कोठी हुँदै नारायणगढ पुलचोकमा आएर बिर्सजन भएको थियो । कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्व विद्यालय पशु विज्ञान विषयका प्रध्यापक डा.कृष्ण काफ्ले रहेका थिए । पशु कल्याणको क्षेत्रमा कार्यक्रमहरु गर्दै जाने वन फुड फरवार्डका कोषध्यक्ष रुबी सापकोटाको भनाइ छ ।22
सवैलाई पाल्न दिने हो भने वन्यजन्तुलाई निजीकरण गरे जस्तो हुने एनिमल राइट्स क्लबका अध्यक्ष युवा संरक्षणकर्मी सुराजन श्रेष्ठले बताए । सरकारी निकायले यस्तो सोच राख्नु नेपालका अधिकारीहरु वन्यजन्तु संरक्षण एकदमै गैर जिम्मेवार रहेछन् भन्ने प्रष्टै बुझ्न सकिने उनले बताए ।
‘वन्यजन्तु पालन तथा प्रजनन् अनुमति कानुन आएमा भेडा(बाख्रा उत्पादन गरेको जस्तो वन्यजन्तु पनि चाहेजति उत्पादन र बेचबिखन गर्न पाउने व्यवस्था गर्न खोजिएको छ । यसो भएमा वन्यजन्तु ुघरेलुु मा परिवर्तन भई अस्तित्व समाप्त हुँदै जाने त्रास पनि त्यत्तिकै छ’ श्रेष्ठले भने । 44
यही अवस्थामा कानुन बने वन्यजन्तुसँग सम्बन्धित समस्याहरु जस्तै चोरी शिकारी, अङ्ग तस्करी छाला तस्करी आदी बढाउनमा टेवा पुग्ने प्रष्ट देखिने स्ेष्ठले बताए । सरकारी नीति खारेज गराउन आगामी दिनमा पनि विभिन्न निकायसँग मिलेर दवाव मुलक अभियान जारी राख्ने वन फुड फरवार्डका अध्यक्ष सुजिन सुवेदीले जानकारी दिएका छन् ।