१२ हजार परीक्षार्थीले चितवनमा दिए एसएलसी

चितवन, चैत्र २७ । जिल्ला शिक्षा कार्यालयले प्रवेशिका परीक्षा (एसएलसी) २०७२ शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रुपमा सम्पन्न भएको जनाएको छ । अन्य जिल्लामा हुने होहल्ला जस्तो कुनै उच्छृंखल क्रियाकलाप कहि कतै नभएको जनाएको छ ।

जिल्लामा यसपटक ३९ वटा केन्द्र तोकिएको थियो । यसवर्ष नियमित र आंशिक गरि १२ हजार ४०१ जना परीक्षार्थी सहभागि भएको जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले नारायणी अनलाईनलाई जानकारी दिए । नियमति तर्फ छात्रा ५ हजार ४१६ छात्रा र ५ हजार २६७ छात्रगरि कुल १० हजार ६८३ जना परीक्षार्थी परीक्षामा सहभागि थिए भने आंशिक तर्फ १ हजार ११४ जना छात्रा र ६०४ जना छात्र परीक्षामा सहभागिता जनाएका थिए ।
यस्तै यसपटक नियमित १८ र आंशिक १०८ गरि १२६ जना परीक्षार्थी परीक्षामा अनुपस्थिति भएको उनले जानकारी दिए । नियमित तर्फ ७ जना छात्रा र ११ जना छात्र गरि १८ जना परीक्षार्थी अनुपस्थित भए भने आंशिक तर्फ ७२ जना छात्रा र ३६ जना छात्र गरि १०८ जना विद्यार्थी परीक्षामा सहभागि भएनन् । चैत्र १८ गतेदेखि सुरु भएको परीक्षा शुक्रबारबाट सकिएको छ ।