सर्पको टोकाईले आत्तिन पर्दैन ’ : डा . छविलाल थापा 

 

चितवन । २०४६ साल अगाडि नेपालमा सर्पको टोकाइ को बारेमा ट्रेनिङ तथा उपचारको गाइड लाइनको व्यवस्था थिएन । सरकारले एन्टि स्नैक भेनम नि : शुल्क गरेको थिएन । अञ्चल अस्पताल बाहेक अरु ठाउँहरुमा उपचारको सुविधा पनि आएको थिएन ।

नेपालमा पहिलो चोटि स्नैक बाइटको ट्रेनिङ गर्नुपर्छ भनेर ट्रेनिङको प्रोपोजल लेखे । स्वास्थ्य मन्त्रालय तथा बिश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मा त्यो प्रोपोजल गरिसकेपछि यो कार्यक्रम राम्रो भनेर शुरुवात गरिएको थियो । तालिमको शुरुवात गर्दा पूर्वराष्ट्रपति रामवरण यादव स्वास्थ्य मन्त्री थिए । त्यो ट्रेनिङ पश्चात नेपाल सरकारले अहिलेसम्म निरन्तर रुपमा ट्रेनिङ दिइरहेको छ । त्यसमा म पनि सहभागी हुदै आइरहेको छु डा . थापाले भने ।Sanke

सर्पदंशको निजी तवरमा नै ब्यवस्थापन र सेवा शुरु गर्ने डा. छविलाल थापा पहिला ब्यक्ति हुन् । सर्पदंश सम्बन्धि कार्यपत्र प्रस्तुत गर्ने क्रममा उनी अक्फोड ( वेलायत २००२), बैकंक , थाइल्याण्ड (२००४), जाकार्ता, इन्डोनेसिया (२००६) केरला,अछाम, (२००८,२००९ ) र बर्मा (२००९) मा पुगेका छन् । सर्पदंश ब्यवस्थापन निर्देशिका लेखनमा लेखकको भूमिकामा रहेका डा.थापा नेपाल सरकारको बरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट) अनिवार्य अवकास प्राप्त हुन् । उनी टक्सीनोलोजी बिशेषज्ञ हुन् ।

२०४६ तिरै पूर्वी पाल्पाको रामपुर ,केलादीमा १५ वेडको निजी अस्पताल खोलेका थिए । जुन समयमा सरकारको निजी अस्पताल खोल्न दिने प्रावधान बनिसकेको थिएन । केदालीको कामले नै आज अन्तर्राष्ट्रिय स्तरमा चिनाएको ठान्छन् डा. थापा । पाल्पाको रामपुरको केलादी, जुन अति दुर्गम क्षेत्र थियो , त्यहि हाक्टर बसेको होला भन्ने कल्पना पनि थिएन । त्यो बेलामा म त्यहि कार्यरत थिए उनले भने –‘त्यतिबेला त्यहाँका जनताहरुमा यति राम्रो प्रभाव परेको थियो कि , त्यो अस्पताल एउटा नमुनाको रुपमा विकास भएर गयो ।’

यस क्षेत्रमा वर्षेनी २÷४ जना मान्छेहरु सर्पको टोकाइबाट मर्ने गर्थें । बिरामीलाई मिसन हस्पिटल तानसेन पुर्याउदै गर्दा बाटोमै ज्यान जान्थ्यों यसले मनलाई सर्पको टोकाइको उपचार गर्न प्रेरित गर्र्यो उनले भने –‘सर्प दंश उपचार शुरु गर्नुपर्छ सोच मनमा आयो र त्यो बेलामा एन्टि स्नैक भेनम किनेर अस्पतालमा राखे ।’ अस्पतालमा औषधि ल्याएको केही दिनमै सर्पको टोकाइका बिरामी आए । बोटे परिवारको १४ बर्षको वालक थिए ति बिरामी । मैले त्यो बच्चाको औषधी गर्दा विरामीको परिवारको साथसाथै म पनि दुविधामा थिए किनकी यो हाम्रो अस्पतालको पहिलो केस थियो । उनले भने –‘ हामी सफल भयौ , मलाई गौरव लाग्यो सर्पले टोकेको वा विष लागेको कुनैपनि बिरामीलाई समयमा नै उपचार पायो भने देखि बिरामी बाँच्छ ।’

केलादीबाट चितवनको भरतपुरमा आएका डा. थापाले सर्पसम्बन्धी केसमा उपचार गरे । त्यो गर्दागदै कावासोतीको कालीगण्डकी हस्पिटलमा पनि आउथे उनले थपे –‘ धेरैजसो बिरामीहरु नवलपुर तथा दाउन्ने आसपासका बिरामीहरु यस अस्पतालमा आउने गर्थे । भरतपुरमा रात्रीमा ८÷ १० जना बिरामी आउथे सर्पको केसमा । त्यसमा ७५ प्रतिशत सर्पका बिरामी नवलपरासीबाट भरतपुर जान्थें । ’

इन्डोनेसियामा डब्लु.एचओ को सम्मेलन हुदाँ मैले चितवनको माडीको सर्पको केस सुनाएको थिए भरतपुर हस्पिटलमा ल्याएका थिए त्यो केस । एकै समय जस्तोमा दुईजना महिला सर्पले टोकेर आएका थिए । एउटालाई ९८ भाएल दिदा त्यो बाँच्न सफल भए भने त्यहि भाएल अर्को महिलालाई दिदा उ बाँच्न सकेन । यो घटना सुनेपछि त्यहाँका विशेषज्ञहरुले नेपालमा सर्पको जोखिम उच्च रहेछ भने र मेरो रिसर्चको प्रस्तावना स्वीकारेर नभन्दै रिसर्च टोली नेपाल आयो । त्यो रिसर्च चितवनमा मात्रै नभएर पूर्वी झापाका विभिन्न क्षेत्रहरुमा तथा आर्मी क्याम्प हरुमा साथसाथै भरतपुर सरकारी हस्पिटलमा रिसर्च गरिएको थियो ।

उक्त रिसर्च अन्तराष्ट्रिय गाइडलाइन थियो नेपालको गाइड लाइनमा म थिए । हाम्रो गाइडलाइन के हो भने बिरामीलाई कमभन्दा कम औषधीको प्रयोग गरेर ज्यान बचाउने । हाम्रो गाइड लाइनमा लो डोज भन्ने छ भने अन्तराष्ट्रिय गाइड लाइनमा हाई डोज । यसरी हाई डोज र लो डोज मा कुन चाहिँ प्रभावकारी भन्ने खालको रिसर्च थियो । त्यो तथ्य २ वर्षमा पूरा भयो । त्यो बेलामा हामीलाई रिसर्चको लागि हामीलाई २५० केसहरु चाहिएको थियो तर त्यसमा १६० केस मात्र पाइयो ।

त्यो केस अध्ययन गर्दा के पत्ता लाग्यो भने , पूर्वतिर बढि गोमन पाइन्छ । मध्यमाञ्चल तथा पश्चिमाञ्चलमा चाहिँ करेत । सामान्यतया गोमन सर्पले टोक्यो भने बढि खतरा हुन्छ भनिन्छ तर समयमा नै उपचार पाएमा निको पनि हुन्छ , भने करेतले टोक्यो भने उपचार पाएतापनि बढि जोखिम हुन्छ ।

हाम्रो त्यो रिसर्च हाइ डोज बढि प्रभावकारी कि लो डोज भन्ने थियो । त्यो रिसर्चबाट के पाइयो भने गोमन को लागि हाई डोज प्रभावकारी र करेतको लागि चाहिँ लो डोज र हाई डोजमा केही अन्तर पाईएन । हाम्रो त्यो रिसर्चमा बढिमा ३० भायल दिनु भन्ने छ । उनले भने –‘एकजनालाई मात्र २९ भायल दिइएको छ भने अरुलाइ चाहि लगभग २० भाएलमा नै प्रभावकारी भएको छ ।’

उपचारमा अब चाहिँ रिसर्च को कुरा जोड्दाखेरि हामीले गर्न लागेको अर्को रिसर्च चाहि नेपालमा मात्र हैन त्यो अष्टे«लियामा मात्रै छ । डा.छविलाल थापाले भने –‘एन्टि स्नैक भेनम डिटेक्सन किट , भनेको कुन जातको सर्पले टोकेको हो भनेर पत्ता लगाउने किट बन्दैछ । त्यो किटको रिसर्च भैराखेको छ । त्यो रिसर्चमा म पनि सहभागी छु ।’sauraha-flasc-gif

त्यो कुन सर्पले टोकेको भन्ने पत्ता लाग्यो तर सर्पको जात प्रजाति अनुसार हामीलाई एन्टि स्नैक भेनम त चाहियो । हामीले यहाँ प्रयोग गर्ने भारतम बनेको औषधी हो जुन ४ किसिमको मात्र छ उनीहरुको देशमा पाइने सर्पको मात्र । हामीले भोलि त्यो प्रजातिको सर्प छुट्याउन सक्ने भएर जुन जातको सर्प छ त्यहि अनुसारको एन्टि स्नैक भेनम बनाउन सकियो भने नेपालले धेरै प्रभावकारी बन्छ । उनले भने –‘ जुन भारतमा पनि छैन ।’ यो रिसर्चको एक वर्ष बितिसकेको छ अब अर्को वर्षमा यसको अन्तिम नतिजा आइपुग्छ । त्यो रिसर्च हामीले जर्मनको ल्यावबाट गर्ने हो । जर्मनमा एकजना सर्पकै विषयमा पि एच डि गर्नुभएको साथी हुनुहुन्छ , उहाँ र म मिलेर गर्दैछौ उनले भने ।

भरतपुरमै कार्यरत रहदा धेरै चाहिँ सर्पको केसलाई समाल्ने मौका पाए उनले । त्यो बेला उनलाई लाग्यो नेपालमा यसको धेरै समस्या छ । त्यो पनि एकदमै निमुखा जनताहरुलाई छ , यसलाई केही गर्नपर्छ भन्ने लाग्यो । उनले त्यसैबेला स्वीजरल्याण्डबाट एउटा ट्रपिकल मेडिसियन कोर्सको लागि मौका पाए र त्यो कोर्स पुरा गरे । त्यत्ति बेला यो कोर्ष पढेर गर्ने गर्ने भन्ने दुबिधाले मनमा डेरा जमाएको थियो । सर्पले टोकेको केसमा मृत्यु भयो भनेपनि डाक्टरको लापरवाही भन्ने हुन्छ । बाँच्यो भने पनि फलानाले ग¥यो भन्ने हुदैन । तर पछि उनी फेरि अष्टे«लिया गए त्यहाँ विशेष गरेर टक्सिनोलोजी कोर्स लिए ।

टक्सिनोलोजी भनेको सर्पले टोकेको र अरु विषहरुको बारेमा टक्सिनको बारेमा कोर्स हो । त्यो कोर्स गरेपछि उनको भित्री आत्माले के सोच्यो भने , हैन कुनैपनि चिज जुन कसैले गरेको छैन त्यो चिज गर्दा नाम पनि आउँछ , त्यसैले कसैले नगरेको चिज मैले गर्नुपर्छ भन्ने विश्वास जनायो ।

संसारका सबैभन्दा विषालु सर्प पाइने देश अष्टे«लियामा उनी तालिमका लागि गए । त्यहाँ अन्तर्राष्ट्रिय टे«निङ गराइन्छ । उनले भने –‘ त्यो टे«निङ मैलाई पनि नेपालमा यस्तै किन सुरु नगर्ने भनेर अझ सकारात्मक सोच मनमा ल्यायो ।’ डा थापा भन्छन् –‘ जब म अष्टे«लियाबाट नेपाल आएपछि प्रोपोजल गर्ने क्रममा इडिसिडि को डाक्टर हुनुहुन्थ्यो महेन्द्र विष्टले पनि सहयोग गर्नुभयो । उहाँले त्यो प्रोपोजल मन्त्रालय समक्ष पु¥याउन मद्दत गर्नुभयो । मन्त्रालयबाट डब्लु. एच. ओमा पठाइयो । त्यहाँ पठाएपछि त्यो राष्ट्रियस्तरमा नै नेपाल सरकारले त्यसको टे«निङको सुरुवात गरेको हो । ’

नेपालमा त्यसको प्रपोजल र टे«निङ मैले नै सुरु गरेको हो । र अहिलेसम्म पनि त्यसमा निरन्तरता दिईरहेको छु । म एकजनाले मात्र एक दुईजनाको उपचार गरेर त्यसको केही सदुपयोग हुँदैन , भन्ने सोचेर जब मैले मेरो सीप अरुलाई दिए भने धेरैलाई उपचार हुने भयो भने त्यो कार्यक्रम अधिराज्यमा लग्यो भने त्यसले त झन धेरै सेवा दिने भयो भन्ने लाग्यो । त्यो उद्देश्यले टे«निङ सुरुगरेपछि नेपाल सरकारले देशमा यस्तो समस्या रहेछ भनेर औषधीहरु निःशुल्क व्यवस्था गरिदियो ।23

उनले टे«निङ गरिसकेपछि मानिसहरुले पहिले अञ्चल अस्पताल वा जिल्ला अस्पतालमा जानुपथ्र्यो , त्यसपछि टे«निङ पाएका स्वास्थ्यकर्मीहरुद्धारा अञ्चल तथा जिल्ला अस्पतालहरुमा मात्र नभएर जुन समुदायमा बढि समस्या छ , त्यही समुदायमा , समुदायकै सहायता लिएर स्वास्थ्य केन्द्र स्थापना गरेर सेवा दिन थाले । एन्टि स्नैक भेनम चलाउनका लागि जिल्ला अस्पतालहरु मात्र नभएर अरु प्राइमरी हस्पिटल तथा क्लिनिकहरुमा तथा सामुदायिक रुपमा त्यसको उपचार केन्द्रहरु बढ्दै गयो ।

उपचारको लागि उनले गाइड लाइन तयार गरें । गाइड लाइन अनुसार उपचार विधी अपनाएको छ÷ छैन अवलोकन ग¥यौँ । धेरै जसो आर्मी क्याम्पहरुमा उनीहरु आफैले उपचार गरिरहेको अवस्था थियो भने अहिले हामीले टे«निङ दिएका छौ । उनले भने । हामीले टे«निङ दिएपछि आर्मी क्याम्पहरुले हाम्रो गाइड लाइन अनुसरण गर्ने गरिरहेका छन् । त्यसरी पनि हाम्रो सेवाहरुको विस्तार हुदै गयो । सरकारले पनि एन्टि स्नेक भेनम औषधी क्षेत्रबाट उपचार केन्द्रहरुमा सप्लाई गर्छ । त्यसरी नै उपचार भैरहेको छ । उनले थपे

गाइड लाइन त भयो तर त्यो गाइड लाइन अनुसार चल्ने कि नचल्ने भन्ने कुरा आयो । सबै ठाउँका डाक्टरहरुले टे«निङ लिएका छैनन । त्यहाँ एन्टि स्नेक भेनम बढि प्रयोग गरिने भयो । त्यो औषधी भनेको भारतबाट ल्याउने हो नेपालमा बनेको छैन ,जुन महंगो पनि छ । त्यसैले चाहिने भन्दा बढि किन औषधीको प्रयोग गर्ने? जसले बिरामीलाई नकारात्मक असर पनि हुन्छ । उनले भने –‘औषधीको कम भन्दा कम प्रयोग गरि बिरामीको ज्यान बचाउने ।’

त्यो केस अध्ययन गर्दा के पत्ता लाग्यो भने , पूर्वतिर बढि गोमन पाइन्छ । मध्यमाञ्चल तथा पश्चिमाञ्चलमा चाहिँ करेत । सामान्यतया गोमन सर्पले टोक्यो भने बढि खतरा हुन्छ भनिन्छ तर समयमा नै उपचार पाएमा निको पनि हुन्छ , भने करेतले टोक्यो भने उपचार पाएतापनि बढि जोखिम हुन्छ ।

नेपालको २६ वटा जिल्लामा यसको प्रभाव बढि छ । २६ वटा जिल्लाहरुमध्ये धेरैजसो तराई क्षेत्र नै पर्छ । कतिपय चाहि भित्रीमधेसका जिल्ला जस्तो सिन्धुली पनि पर्दछ । नेपालमा मुख्यतःपाइने विषालर सर्पहरु भनेको गोमन , करेत र भाइपर जाती हो । गोमनमै पनि २ पैजाति छन् । करेतको ६ प्रजाति छन् । भाइपरको प्रजाति २ प्रकारका छन जसमध्ये एक यहाँ पाइदैन भारतमा मात्र पाइन्छ भने अर्को चाहि त्यति हामीकहाँ पाईदैन । त्यसैले मुख्य समस्या भनेको गोमन र करेत सर्प हुन् ।

संसारमै मानिस सर्पसँग डराउछन , त्यसको बारेमा कुरा गर्न चाहदैनन । पाल्ने कुरा त परै जाओस् । सर्प मन पराउने मान्छे विरलै छन होला । यो अज्ञानताको कमिले गर्दा हो । सर्पले टोकेको सबैलाई विष लाग्दैन । सयमा दश जना मात्र विषालु सर्पले टोकेको हुन्छ । १० मध्ये पनि ५ प्रतिशतलाई मात्र विषालुले टोकेको हुन्छ । तर सर्पले टोक्दा विष भित्र दिएको छैन भने विष लाग्दैन । सर्पले टोक्ने बित्तिकै मरिहालिन्छ भन्ने धारणा गलत हो उनले भने ।

बिरामीका प्रत्यक्ष लक्षणहरु नदेखिएसम्म एन्टि स्नेक भेनम चलाउन मिल्दैन । बिरामीलाई हेरेर उसले देखाउने लक्षणका आधारमा मात्र औषधी चलाउनुपर्दछ । त्यसरी गरेर त्यो ठिक हुन्छ । एका दुई बिरामीलाई मात्र रेसपेरी प्यारालायसिस भइसकेको रैछ भने विना भेन्टिलेसनमा नराखी उपचार गर्न गाह्रो हुन्छ । त्यसैले १ प्रतिशत जति बिरामीलाई मात्र आईसियु मा राख्नुपर्ने हुन्छ । कुनै बिरामीहरु त भेन्टिलेसनमा राख्दा पनि मृत्यु हुने कारण चाहिँ उपचार गर्न ढिला भई बिरामीको दिमागमा अक्सिजनको कमी भयो भने मात्र हो । अर्को कारण चाहिँ , हामीकहाँ भएको एन्टि स्नेक भेनम अनुसारको बिरामीलाई टोकेको सर्पको प्रजाति भएन भने उपचार गर्न गाह्रो हुन्छ । डा. थापाले भने –‘गोमन सर्पको १०÷१५ मिनेटमा नै विष शरिरमा फैलन्छ । करेतले टोकेको हो भने त्यसको विष ५÷६ घण्टामा मात्र सुरु हुन्छ । करेतको विष लागेको लक्षण ढिलो मात्र देखा पर्दछ ।’

नेपाल सरकारको स्वास्थ्य शिक्षा विभाग इडिजिडि बाट दिइने जुन तालिम छ, जसमा म स्रोत ब्यक्ति छु । अधिराज्यभर जहाँ टे«निङ हुन्छ त्यहाँ म गइरहेको छु भने गत वर्ष पनि एउटा टे«निङ हामीले यहि राखेका थियौ । अब फेरि अर्को टे«निङ दिने सोचमा छौ । दोस्रो चाहि , हाम्रो यो अस्पतालमा जुन सरकारबाट दिइने एन्टि स्नैक भेनम निःशुल्क पाईन्छ , हामीले जिल्लाबाट ल्याएर सुरु गरिसकेको छौ । यसलाई अझ निरन्तरता दिनेछौ ।

कालीगण्डकी अस्पताललाई हामीले एउटा रिसर्च सेन्टरको रुपमा विकास गर्न लागेका छौ । अधिराज्यकै मान्छेलाई टे«निङ दिनुपर्दा यो हस्पिटललाई सेन्टर बनाउने सोच छ , एन्टि स्नेक भेनम बाहेक सर्पको टोकाईलाई चाहिने भनेको एउटा चाहिँ भेन्टिलेटर हो । यसको व्यवस्था पनि हामीले गदैछौ ।

नयाँ कुरा भन्नुपर्दा , अरु देशहरुमा टक्सिनोलोजी सोसाइटी खोलेको ५०-६० वर्ष भइसक्यो । भारतमा पनि सुरु गरेको ८-१० वर्ष भइसकेको छ । तर नेपालमा यस विषयसँग सम्बन्धित कमै मान्छेहरु भएकाले मैले आफ्नै अध्यक्षतामा एउटा सोसाइटी दर्ता गर्न लागेको छु त्यो सोसाइटी नेप्लिज सोसाइटी अफ अनटक्सिनेलोजी नामक हो । दर्ता भइसकेपछि हामीले टे«निङ पनि दिन्छौ । त्यसमा हामी रिसर्च पार्ट पनि हेर्छौ ।

यो सोसाइटीको नवलपरासी जिल्लामा नै दर्ता गर्ने कुरा गरेको तर जुन जिल्लाबाट दर्ता ग¥यो त्यहि जिल्लामा मात्र काम गर्न पाइने अन्त नपाइने हुनाले हामीले राष्ट्रिय रुपमा नै गर्ने पक्षमा छौ । यसको लागि काठमाडौँबाट दर्ता गर्न लागेका छौ , अरु काम पूरा भइसकेको छ अब दर्ता गर्न मात्र बाँकी छ ।

करेत घरपर बस्ने हुदाँ आफ्नो घरवरपर सफा राख्नुपर्छ । यो घरको छानो, ओछ्यानमा आउने हुनाले सकेसम्म भुईमा नसुत्ने तथा सुत्दा झुलको प्रयोग गर्ने झुलभित्र सर्प पस्न सक्दैन । त्यस्तै गोमनले प्राय दिनमा टोक्ने हुदाँ सर्तक भएर हिड्ने, सर्प देखेर भाग्ने सर्पलाइ चलाउने गर्नुहुदैन । रातिमा बाहिर निस्कदा टर्च लिएर निस्कने गर्नुपर्छ । सधैँ चप्पल लगाएर हिड्नुपर्ने सुझाव उनको छ ।

सर्प मानिसलाई टोक्न भनेर आउने होइन, मुसा उनीहरुको आहारा हो । मुसा र्मो क्रममा मानिससँग छोइयो वा खतरा महसुुुस गरेर सुरक्षाका लागि टोक्ने मात्र हो ।

सर्पले टोकेमा जति सक्दो चाडोँ अस्पताल पु¥याउनुपर्दछ । टोकिहालेको खण्डमा प्राथमिक उपचारको लागि टोकेको भागभन्दा केहि तल नरम कपडाले बाँध्नुपर्दछ आत्तिएर कुद्नु चाहिँ हुदैन भन्छन् डा थापा ।