परीक्षा केन्द्रमा ट्राफिक नियम

images

दयाराम आचार्य।
नवलपरासी,चैत्र २६।

जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपरासीले सवारी दुर्घटना न्युनिकरणको लागि एस एल सी दिएका बिद्यार्थिहरुलाई परीक्षा केन्द्रमा प्रशिक्षण प्रदान गरेको छ ।
ट्राफिक नियम नजान्दा र जानेर पनि नियमको पालना नगर्दा जिल्लामा सवारी दुर्घटना बढेको भन्दै बिद्यार्थिको माध्यमबाट घर घर सम्म ट्राफिक नियमको बारेमा जानकारी प्रदान गर्ने उधेश्यले चेतनामुलक कार्यक्रम आयोजना गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपरासीका प्रमुख लोकबहादुर बुढाथोकीले बताउनु भयो ।
स्वयम बिद्यार्थिले पनि ट्राफिक नियमको बारेमा जानकारी प्रांप्त गर्ने र बिद्यार्थिले जानेका कुरा परीवारका सदस्यमा बताउदा एकै पटक ठुलो सख्यामा सर्वसाधारणले ट्राफिक नियमको बारेमा जानकारी प्राप्त गर्ने हुनाले यस्तो अभियान संचालन गरीएको प्रमुख बुढाथोकीले बताउनु भयो ।
आज एकै साथ नवलपरासी जिल्लाका १७ वटा परीक्षा केन्द्र मार्फत ४ हजार ४ सय ३४ जनालाई प्रशिक्षण प्रदान गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपरासीका प्रहरी हवल्दार पदम बडुले जानकारी दिनु भयो ।
सवारी दुर्घटना न्युनीकरणको लागि जिल्लाको गैडाकोट देखि सुनवल तथा परासी क्षेत्रमा राजमार्ग आसपास परीक्षा केन्द्र भएका १७ वटा बिद्यालयमा ट्राफिक नियमको सम्बन्धि सचेतामुलक कार्यक्रम गरीएको समेत हवल्दार बडुले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published.