मकवानपुरमा मतदाता नामावली संकलन कार्य सकियो

जनक लामा
मकवानपुर, २६ चैत । मकवानपुर जिल्लामा फोटो सहितको मतदाता नामावली संकलन तथा अद्यावधिका कार्य विहिबार सम्पन्न भएको छ । २०७२ फागुन २७ गतेबाट सुरु भएको फोटो सहितको मतदाता नामवली संकलन तथा अद्यावधिका कार्य जिल्लाको ३५ वटा गाविस र थाहा नगरपालिकाको ३ वटा संयुक्त वडा कार्यालयहरुमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

थाहा नगरपालिकाको ३ वटा संयुक्त वडा कार्यालयहरुमा जम्मा २ सय ४४ जनाको नामवाली संकलन गरेको छ । यस कार्यक्रमबाट जिल्ला भरीका १४ सय ८ महिला र १६ सय ५३ जना पुरुष गरि जम्मा ३ हजार ६१ जनाले मतदाता नामावली फोटो खिचाएका छन् । जिल्ला निर्वाचन कार्यालय मकवानपुरले हाल सम्म २ लाख २१ हजार ७ सय २५ जनाको मतादात सम्बन्धि विवरण संकलन गरेका छ ।

जसमा १ लाख ८ हजार ६ सय ४८ जना महिला, १ लाख १३ हजार ७२ जना पुरुष र ५ जना तेस्रो लिङ्गी रहेका जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।

१६ वर्ष पुरा भई नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गरेका नागरिकहरुले फोटो सहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता छुटको अवस्थामा जिल्ला निर्वाचन कार्यालय मकवानपुर र जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा सार्वजनिक विदाको दिन आफ्नो नाम दर्ता गराउने सकिने जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।