२४ जनाले लिए सहजिकरण सिप

 
चितवन २६ चैत । उद्योग वाणिज्य संघ चितवन र समृद्धि कन्सल्टिड्ड एण्ड ट्रेनिङ्ग सेन्टरको संयुक्त आयोजनामा “आधारभूत सहजीकरण सिप” विषयक गोष्ठी सम्पन्न भएको छ ।sss

कार्यक्रमपछि जिल्लामा सहजिकरण सिप लिने २४ जना थपिएको सेन्टरका प्रबन्ध निर्देशक चक्रपाणि तिमल्सिना बताउँछन् ।

गोष्ठीबाट उद्योग वाणिज्य संघ चितवन, रत्ननगर उद्योग वाणिज्य संघ, जिल्ला विकास समिति चितवन, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ, नेपाल मौरिपालक महासंघ, जनजागृती उच्च माध्यामिक बिद्यालय, लगायत संघ संस्थाको सहभागिता रहेको थियो ।

सो क्रममा गोष्ठीका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष तथा समारोहका सभापति राजन गौतमले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

३ दिने गोष्ठीमा सहजिकरण सीप केहो रु यसको महत्व , सहजकर्ताको भूमिका, सहजिकरण सीपको उपयोग, सहजिकरण सीप, सहजिकरण प्रक्रिया, सहजिकरणका लागि इन्टरनेटको प्रयोग लगायतका कुराबारे जानकारी दिईएको थियो ।