सुनगाभाको ५ औं बार्षिक उत्सव तथा दिक्षान्त समारोह

रत्ननगर, २६ चैत । रत्ननगर ८ स्थित सुनगाभा बाल संसार मन्टेस्वरी स्कुलको ५ औं बार्षिक उत्सव तथा दिक्षान्त समारोह एक भब्य समारोहका बीच रत्ननगर स्थित हंस मनोरञ्जन केन्द्रमा सम्पन्न भएको छ ।DSC04340
चितवनका जिल्ला शिक्षा अधिकारी गोविन्द प्रसाद अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रम सुनगाभाका प्रबन्ध निर्देशक रमेश भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा स्कूलका नानीवाबुहरुले नृत्य तथा विभिन्न कलात्मक प्रस्तुती समेत गरेका थिए । कार्यक्रममा संस्थाकी प्रिन्सिपल भगवती देवकोटाले मन्टेस्वरीले समाज तथा यस क्षेत्रको शैक्षिक विकासमा महत्वपूर्ण योगदान गरेको बताए । DSC04362
सो अवसरमा ११ जना बाल बालिकालाई दिक्षित गरिएको थियो भने विभिन्न विधामा अब्बल हुने नानी बाबुलाई प्रमाण पत्र वितरण समेत गरिएको थियो । उक्त कार्यक्रमको संचालन समृद्धि कन्सिल्टङ्ग एण्ड ट्रेनिङ्ग सेन्टर प्रा.लिका प्रबन्ध निर्देशक तथा संचारकर्मी चक्रपाणि तिमल्सिनाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.