पर्यटकलाई लक्षित गरेर गैंडाको प्रतीमा निर्माण

चितवन, २६ चैत । पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको साविकको पटिहानी गाविसमा पर्यटकलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् ।

भरतपुर उपमहानगरपालिकाको वडा न12718192_1756382267914916_556733536703757319_nम्बर २६ घटगाईँमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गैंडाको प्रतीमा निर्माण गरिएको छ । करिब तीन लाख ९० हजार रुपैयाँको लागतमा निर्माण गरिएको गैंडाको प्रतीमाको अनावरण वैशाख १ गते गर्ने गैंडा निर्माण समिति सयोजक रामराज तिवारीले बताए ।

गैंडा जोगाउनुपर्छ भन्ने मानसिकताका साथ गैंडाको प्रतीमा निर्माण गरिएको तिवारीको भनाइ छ । मूर्ति निर्माणका सबै काम सकिएको र गैंडाको मूर्ति निर्माण भएपछि त्यस ठाउँको वरिपरी गार्डेन निर्माण गर्ने योजना रहेको वातावरण संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष अपिल घिमिरेले बताए । उक्त मूर्ति निर्माणको लागि सरकारी तवरबाट कुनै पनि सहयोग नभएको घिमिरेको भनाइ थियो ।

मूर्ति निर्माणको लागि दाताहरुबाट ५० रुपैयाँदेखि ६० हजार रुपैयाँसम्म प्रदान गरेका घिमिरेले बताए । मूर्ति निर्माणको लागि स्थानीय व्यक्तिले ज्याला मजदुरी गरेको रकमबाट समेत सहयोग गरेको पर्यटन विकास समितिका सचिव दीलराम बोटेले बताए ।

निउरो बेचेको पैसा, माछा बेचेको पैसाबाट समेत मूर्ति निर्माणको लागि स्थानीय बासिन्दाले सहयोग गरेका बोटेको भनाइ थियो । मूर्ति निर्माणको लागि स्थानीय हिम शिखर आमा समूहका तर्फबाट सामूहिक रुपमा पाँच हजार पाँच सय ५५ रुपैयाँ सहयोग गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.