नया वर्षमा गैडाकोटमा महामहोत्सव, उद्घाटनमा सांस्कृतिक झाकी र प्रस्तुती विशेष रहने (भिडियो सहित)

प्रकाश ज्ञवाली
गैडाकोट २६ चैत । विश्ज जागरण महाअभियान ट्रष्ट र एभिन्यूज टेलिभिजनको संयोजन एवम् उद्योग वाणिज्य संघ गैडाकोट र नगरपालिकाको अगुवाईमा नया वर्षको अवसरमा नारायणी नदी किनार गैडाकोट महोत्सव स्थलमा आयोजना हुने विशेष कार्यक्रमको तयारी तीव्र पारिएको छ ।Maha maosav

“शुभारम्भ वर्ष २०७३ एवम् हिन्दु धर्म संरक्षण महामहोत्सव” नाम दिइएको सो विशेष कार्यक्रम संचालनका लागि हाल नदी किनारमा पण्डाल निमार्ण भइरहेको छ । कार्यक्रम स्थलको सरसफाई र साजसज्जाको काम तीव्र भइरहेको छ । नया वर्षको पहिलो दिनदेखि १५ दिनसम्म चल्ने हिन्दु धर्म संरक्षण महामहोत्सवलाई विशेष वनाउन उद्घाटन समारोहमा चितवन नवलपरासीका विशिष्ठ व्यक्ति,विभिन्न जातजाति र स्थानीयहरुको वृहद सहभागिता रहने विश्व जागरण महाअभियान ट्रष्टका प्रमुख इश्वरकृष्ण महाराजले जानकारी दिनुभयो । महामहोत्सव सम्पादन गर्नका लागि उद्योग वाणिज्य संघ गैडाकोटको नेतृत्वमा यज्ञ सम्पादन मूल समारोह समिति गठन गरिएको छ ।

विभिन्न जातजातिका सास्कृतिक झाकी र उनीहरुको मौलिक सस्कृति झल्कने सास्कृतिक प्रस्तुतीलाइ उद्घाटन समारोहमा प्रस्तुत गरिने उद्योग वाणिज्य संघ गैडाकोटका अध्यक्ष अमृत भट्टचनले जानकारी दिनुभयो । वैशाख १ गते विहान नारायणगढ र गैडाकोटका विभिन्न भागवाट हात्ती,पन्चैवाजा सहित विशाल शोभा र्याली निकालिने छ ।

सवैलाई मेरो निमन्त्रणा ‘।बैशाख १ गते गैडाकोट नारायणी नदी किनारबाट एभिन्यूज टेलिभिजनमा प्रत्यक्ष प्रशारण……………..

Publié par Prakash Gyawali sur mercredi 6 avril 2016

 

महामहोत्सव अवधिभर १ करोड वढी शिवलिड्ड पूजन एवम घरघरमा मन्दिर वनाउने अभियान संचालन हुनेछ । गत वैशाखमा आएको भूकम्पमा परी अनाथ भएका बालबालिकाको शिक्षादिक्षाको लागि पवित्र तिर्थस्थल देवघाटधाममा गुरुकुलम् निमार्णका लागि यो महामहोत्सव गर्नुपरेको विश्व जागरण महाअभियान ट्रष्टका प्रमुख एवम् वालव्यास विभूषित विश्वविख्यात इश्वरकृष्ण महाराजले जानकारी दिनुभयो ।

कार्यक्रम स्थल नारायणी सेरोफेरोको आफनै विशेषता रहेकोले पावन भूमीवाट विभिन्न जातजातीलाई समेटेर कार्यक्रम गर्दा स्थानीय क्ष्ँेत्रको प्रवद्र्धनका साथै देशवासीमा राष्ट्रियताप्रति एकताको भावना हुने भएकोले यस स्थानवाट कार्यक्रम गर्न लागिएको एभिन्यूज टेलिभिजनका चितवन व्यूरो प्रमुख प्रकाश ज्ञवालीले जानकारी दिनुभयो । सो कार्यक्रमको एभिन्यूज टेलिभिजन र स्थानीय विभिन्न टेलिभिजन एमव् रेडियोहरुले प्रत्यक्ष प्रशारण गर्नेछन् ।
ऋजबत अयलखभचकबतष्यल भलम