कविहरुको भेला

देवघाट, २५ चैत । धार्मिक पर्यटकीय क्षेत्र चितवनको देवघाटमा देवघाट साहित्य स्वर्ण महोत्सवको अवसरमा भएको कविहरुको भेला सम्पन्न भएको छ । devदेशका विभिन्न ३५ जिल्लाबाट सहभागी एक सयभन्दा बढी कवि उक्त कार्यक्रममा सहभागी भएको चितवनका साहित्यकार पुष्प अधिकारी ‘अञ्जली’ले जानकारी दिनुभयो । मङ्गलबार र बुधबार भएको दुईदिने कार्यक्रममा कविले देवघाट साहित्यको उर्वरभूमि भएको प्रतिक्रिया दिएका थिए । देवघाट क्षेत्र विकास समिति चितवनको आयोजनामा भएको पहिलो दिन मङ्गलबार कविले रचना वाचनसँगै देवघाट क्षेत्रको चर्चा गरेका थिए ।
यस्तै, दोस्रो दिन बुधबार कवितावाचन प्रतियोगिता आयोजना गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । कविता वाचनमा पूर्वका सिजन नयन श्रेष्ठ प्रथम, धादिङकी सुनिता खनाल दोस्रो र चितवनका गणेश श्रवण तेस्रो र मुन विश्वकर्मा इटहरीले सान्त्वना स्थान हासिल गरेको साहित्यकार पुष्प अधिकारी अञ्जलीले जानकारी दिनुभयो ।
प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा वरिष्ठ साहित्यकारहरु प्रेमविनोद नन्दन, मनु मञ्जिल, बुँद राना, मुकुन्द शर्मा उपाध्यायलगायतको सहभागिता रहेको थियो । विसं २०२२ सालदेखि यहाँ विभिन्न साहित्यसम्बन्धी कार्यक्रम हुँदै आएको थियो । चितवन, नवलपरासी र तनहुँको सङ्गमस्थल रहेको देवघाटको उक्त कार्यक्रममा भरतपुर उपमहानगर, गैँडाकोट नगरपालिका र जिविस चितवनले सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published.