चिकित्सा पेशालाई मर्यादित बनाउ : राज्य मन्त्री आलम

चितवन, २५ चैत । स्वास्थ्य राज्यमन्त्री मुस्ताक आलमले चिकित्सा पेशालाई मर्यादित बनाउनका लागि आग्रह गर्नु भएको छ । भरतपुर अस्पतालको ५३ औ वार्षिकोत्सव समारोहमा वोल्दै उहाँले यस्तो बताउनु भएको हो । कार्यक्रममा वोल्दै उहाँले पछिल्लो समय चिकित्सा क्षेत्रमा भएका कमि कम्जोरीहरुलाई औल्याउदै पेशलाई मर्यादित बनाउनका लागि आग्रह गर्नु भएको हो ।
सो अवसरमा बोल्दै मन्त्री आलमले चिकित्सा क्षेत्रमा देखिएको समस्या का कारण चिकित्सकहरु जिम्मेवार वन्न नसकेको देखिएकाले जिम्मेवार वन्दै कार्यक्षेत्रमा लाग्न आग्रह गर्नु भयो । जनताले स्वास्थ्य सेवा सहज र सुलभ तरीकाले प्राप्त गर्न पाउनु पर्ने भन्दै सेवा चुस्त दुरुस्त वनाउन आवश्यक रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्दै स्वास्थ्य सचिव शान्त वहादुर श्रेष्ठले भरतपुर अस्पतालमा आगामि वर्ष देखि ट्रमा सेन्टर स्थापनाका लागि पहल भईरहेको बताउनु भयो । अस्पतालले केन्द्रिय स्तरको प्रतिष्ठान स्थापना गरेर स्वास्थ्य शिक्षालाई अगाडि वढाउन आवश्यक रहेको उहाँको भनाई थियो । सो अवसरमा वोल्दै उहाँले अस्पताललाई मर्यादित रुपमा अगाडि वढाउन समेत आग्रह गर्नु भयो ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष विजय सुवेदीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वोल्दै चितवनका राजनैतिक दलका नेताहरुले स्वास्थ्य क्षेत्रमा राजनिति हावि गराउन नहुने बताएका थिए । पछिल्लो समयमा स्वास्थ्य क्षेत्रलाई राजनितिले असर पारेको भन्दै यसको अन्त्यका लागि सवै मिल्न आवश्यक रहेको उनिहरुको भनाई थियो । सो अवसरमा भरतपुर अस्पतालका संस्थापक मेडिकल सुपरीटेण्डेन्ट डा. हिरण्डेदेव प्रधानलाई सम्मान समेत गरीउको थियो ।मअभ
कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, नेकपा एमाले चितवनका अध्यक्ष जगनाथ थपलिया, राप्रपा नेपालका वद्रि तिमिल्सीना र अन्य दलका प्रतिनिधिहरु, भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट रुद्र मरासनि लगाएतले बोल्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published.