सडक नाटक नवलपरासीमा

प्रेम क्षेत्री
गैंडाकोट , २५ चैत । सुरक्षित आप्रवासन परियोजना सामी, हेल्भेटास अन्तगर्त नवलपरासीका विभिन्न स्थानमा वैदेशिक रोजगारी सम्बन्धी चेतनामुलक सडक नाटक प्रदर्शन गरिएको छ । सडक नाटकमा विदेशिने युवाका भोगाई, वैदेशिक रोजगारीका कारण उत्पन्न सामाजिक तथा पारिवारिक समस्यालाई नाटक मार्फत प्रस्तुत गरिएको छ ।a

जिल्लाका विभिन्न ५२ स्थानमा सडक नाटक प्रस्तुत गरीने नाटकको संयोजन गरीरहेको आप्रवासी कामदार हकहित संरक्षण मञ्च नवलपरासीका उपाध्यक्ष गोपाल तिवारीले जानकारी दिनुभयो ।

हालसम्म जिल्लाका ३३ स्थानमा नाटक प्रस्तुत गरीएको उहाँले जानकारी दिनुभयो । आज नवलपरासीको गैंडाकोट विजय निम्न माध्यामिक विद्यालयमा नाटक प्रर्दशन गरीएको थियो । त्यस्तै १ बजे गैंडाकोट मौलाकालिका फेदी र ४ बजे मुकुन्दपुर भेडाबारीमा नाटक हुदैंछ ।

गाँउबाट वैैदेशिक रोजगारीमा जानेको संख्या बढेपछि सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सहि सूचना दिने उदेश्यले हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफ र ईन्द्रणी सामाजिक विकास मञ्चको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।12966412_591341911033457_691741825_n

भोली बेल्डीया, दिव्यपुरीको कदमपुर, पिठौलीको गैरीमा सडक नाटक प्रदर्शन गरीदै छ ।

Leave a Reply

Your email address will not be published.