ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

सुजिता हमाल
चैत २५ । पूर्वी चितवनको खैरहनी नगरपालिकाको राजमार्ग सडक खण्डमा भएको सवारी दुर्घटनामा परी एक महिलाको घटनास्थलमा नै ज्यान गएको छ । 12966422_1030073440400876_1223805538_n
पूर्व पश्चिम राजमार्ग अन्र्तगत चितवनको खैरहनी नगरपालिका -८ मा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नं- ९ बस्ने २४ वर्षिया पवि भन्ने पवित्रा भट्टराई रहेको प्रहरीले जनाएको छ ।

भरतपुरबाट हेटौडातिर जाँदै गरेको ना ३ ख ४६४२ नंको ट्रकले ना २५ प ३९४६ नंको स्कुटीलाई ठककर दिँदा भट्टराई घाईते भएकी थिईन।

भट्टराईलाई उपचारको लागी भरतपुरतर्फ लैजादै गर्दा काटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। ठककर दिने ट्रक र चालक ईलाका प्रहरी कार्यालय खैरहनीको नियन्त्रणमा रहेको छ।

.