आज विश्व स्वास्थ्य दिवस मनाईंदै

चितवन, चैत २५ । आज विश्व स्वास्थ्य दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदै छ । विश्व स्वास्थ्य संगठनले यस वर्ष नसर्ने रोगका कारण भइरहेको मृत्युका सम्बन्धमा चिन्ता व्यक्त गर्दै विश्वको ध्यान आकृष्ट गराएको छ ।krisma
यस वर्ष विशेष गरी मधुमेह रोगका कारण विश्वभरमै भइरहेको मृत्युको बढोत्तरीका बारेमा एक साथ काम गर्न विश्व स्वास्थ्य संगठनले विश्वका सरकारहरुसँग अपील गरेको छ ।
मधुमेहकै कारण विश्वमा वर्षेनी ३७ लाख मानिस मृत्युवरण गर्न विवश देखिएका छन् । पलिा पहिला धनी व्यक्ति र विकसित देशका नागरिकमा देखिएको यो रोग पछिल्ला वर्षमा गरीब मानिस र अल्पविकसित र विकासोन्मुख देशमा यस रोगका विरामी बढी देखिन थालेका छन् ।
नेपालमै पनि सन् २०३० सम्ममा १३ लाख मानिस मधुमेह अर्थात् रगतमा चिनीको मात्रा बढी हुने कारणबाट प्रभावित हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.