माडीमा गोद्धक मेला तयारी

विप्लव काफ्ले

भरतपुर, चैत्र २३ । चितवनको माडी नगर क्षेत्रमा गोद्धक मेलाको तयारी सुरु भएको छ । चैते दशैको अवसरमा हरेक वर्ष सञ्चालन हुने मेलाको तयारी तीव्र पारिएको छ । gotaka malaपाच पाण्डवहरु सो क्षेत्रमा बसेको धार्मिक विश्वास रहेको छ । माडी नगरपालिका १ र ३ अन्र्तगत पर्ने गोद्धक क्षेत्र पुग्न माडी हुलाकी सडक खण्ड अन्र्तगतको सेरुवा चोकबाट करिव ३ किलोमिटर पश्चिम लाग्नुपर्छ । गोद्धक क्षेत्रमा द्रौपति कुण्ड, परशुराम कुण्ड, युधिष्ठिरको छाता, प्राचिन राजा विराटको गोठ, पुराना मूर्ति, भीम इनारहरु रहेका छन् । गर्दी पर्यटन समितिका अध्यक्ष छविलाल भट्टराईले रामनवमी पर्वलाई मध्यनजर गरि गोद्धक क्षेत्रमा सरसफाई कार्य सुरु भएको बताए ।
मेला ५ दिनसम्म सञ्चालन हुने उनले बताए । रिउ खोलाको दक्षिणमा रहेको सोमेश्वर पर्वतको पश्चिमतर्फको अन्तिम शिखरमा रहेको परशुराम कुण्ड समेत गोद्धक क्षेत्रमा पर्दछ । प्राचिन किम्वदन्ती अनुसार परशुरामले तपस्या गरेका थिए । मेला स्थलबाट भीम इनार अवलोकन गर्न ३ किलोमिटर तथा शिव मन्दिर दर्शन गर्न ४ किलोमिटर पश्चिम लाग्नुपर्छ ।
माडीका स्थानीय अगुवा अमर थापा मगरले मेलास्थलबाट धार्मिक पुरातात्विक महत्वका मूर्ति, इनार कुण्ड अवलोकन गर्न सहजताकालगि सरसफाई गरिने बताए । गोद्धक क्षेत्रलाई वाल्मीकि आश्रमदेखि देवघाटधामसम्म जोडेर पर्यटन प्रवद्र्धन गर्नसकिने प्रचुर सम्भावना रहेको बताए । पर्यटन मार्ग बनाउन बजेट अपुग हुने गरेको स्थानीय पर्यटन समितिले बताउदै आएको छ । गोद्धक क्षेत्रमा ४ वटा होमस्टे समेत सञ्चालनमा छन् ।

Leave a Reply

Your email address will not be published.