महासंघको साधारण सभा सम्पन्न गर्न उपसमितिहरु गठन

भरतपुर, २३ चैत । नेपाल पत्रकार महासंघको आगामी वैशाख २१ र २२ गते चितवनमा हुने केन्द्रीय साधारण सभा सम्पन्न गर्न आवश्यक तयारीका साथ सम्पन्न चितवन शाखाको बैठकले विभिन्न १४ वटा उपसमिति गठन गरेको छ । यसअघि अध्यक्ष हरिप्रसाद पोखरेलको संयोजकत्वमा ६१ सदस्यीय स्थानीय मूल व्यवस्थापन समिति गठन गरिएको थियो । FNJ-Logo-460x335

महासंघको कार्यालयमा मंगलबार सम्पन्न बैठकले शाखा अध्यक्ष पोखरेलको संयोजकत्वमा स्टेयरिङ र स्वागत सत्कार, उपाध्यक्ष दिपेन्द्र बडुवालको संयोजकत्वमा आर्थिक संकलन, सल्लाहकार जनक अर्यालको संयोजकत्वमा आवास व्यवस्थापन, सल्लाहकार कृष्ण गिरीको संयोजकत्वमा स्मारिका व्यवस्थापन, कोषाध्यक्ष होमनाथ सापकोटाको संयोजकत्वमा स्मारिका व्यवस्थापन र स्थानीय समन्वय, सहसचिव सविता श्रेष्ठको संयोजकत्वमा सचिवालय व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
बैठकले कार्यसमिति सदस्य शान्ता अधिकारीको संयोजकत्वमा सञ्चार प्रविधि, अनिल ढकालको संयोजकत्वमा मञ्च सजावट, गोविन्द घिमिरेको संयोजकत्वमा यातायात÷पार्किङ व्यवस्थापन, प्रविण दत्तको संयोजकत्वमा भोजन व्यवस्थापन, स्वयम्सेवक परिचालनमा रामकान्त पौडेललाई जिम्मेवारी दिएको छ ।
यसैगरी मायाको चिनो व्यवस्थापनमा प्रकाश सिग्देल, स्वास्थ्य शिविर व्यवस्थापनमा प्रमिता ढकाल र मसलन्द व्यवस्थापनमा दुर्गाकुमारी रेग्मीलाई संयोजन गर्ने जिम्मेवारी दिइएको महासंघले जानकारी दिएको छ । बैठक पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोख्रेलको अध्यक्षतामा बसेको थियो ।
साधारण सभामा देशभरका करिब एक हजार छ सय पत्रकार प्रतिनिधिले भाग लिने कार्यक्रम छ । मूल समितिको बैठक भने केन्द्रीय अध्यक्ष डा। महेन्द्र बिष्टको उपस्थितिमा आगामी आईतबार बस्दैछ ।