२० वर्ष देखि तरकारी खेतीमा रम्दैै भवानी

विवेक भण्डारी
नवलपरासी, २३ चैत । अहिले देशमा दैनिक एक हजार देखि पन्ध्रसयको हाराहारीमा युवाहरु रोजगारीका लागि विदेशिने क्रम विगत केहि वर्ष देखि वढ्दै छ ।
आफ्नो ठाउँमा भरपर्दो कामको अभावले यसरी दैनिकरुपमा ठूलो संख्यामा विदेश पलायन हुने यूवाहरु वढ्दै गएको यथार्थ हामी सामु छर्लङ्ग छ ।
यस मध्ये केहिले त सोचे जस्तै काम पाएर आफ्नो भविष्य निर्माण गरेका छन् त कतिपय ऋण खोजेर बाहिर जाने अनि भने जस्तो काम नपाएर अलपत्र परेका, आफ्नो लगानी नै डुवाएर फर्केका जस्ता खवरहरु हामीले दैनिक रुपमा सुन्दै आएका छौं ।0e365df8-c208-4c30-930f-a3a3588aa6a8
यतिमात्र नभएर कतिपयहरु त विदेश जाने सपना बोकेर दलालको फन्दामा परेको र पैसा डुवाएर ऋणको भारी बोकेका युवा जमातहरुको पनि हाम्रो समाजमा कमी छैन ।
यस्तै बेरोजगारहरुको भीडमा केहि यस्ता उत्साहित व्यक्ति पनि भेटिए कि उनले शुरु गरेका कामको मुल्याङ्कन गर्ने हो भने रोजगारी कै लागि युवावर्गहरु किन विदेशको मात्र भर पर्छन् भन्ने प्रश्न हामीमा स्वभाविक रुपले उठ्न थाल्छ । हाम्रो मुलुक एउटा कृषि प्रधान मुलुक हो । यहा ३ प्रदेश हिमाली, पहाडी र तराई गरि ३ प्रदेशमा विभाजित भएको छ ।
प्रदेशको मौसम र वातावरणिय र भौगोलिक हिसावका आधारमा फरक फरक खेती गर्ने गरिन्छ । हाम्रो देश नेपाल कृषि प्रद्यान राष्ट् भए पनि कृषिमा गनुपर्ने लगानि केवल पान्नामा लेखिएको लगानि मात्र सिमित छ यस्ले गर्दा अझै कति किसानहरुले कृषिमा सोचे जस्तो उपलब्धी हासिल गर्न भने सकि रहेको छनैन् फलस्वरुप केहि नभए पछि मुलुकका धेरै युवा शक्ति विदेशिरहेको छ । मुलुकमा केहि आर्यआर्जनको बाटो छैन भन्दै युवा शक्ति विदेशि रहेको छ । तर केहि मेहेनत गर्ने हो भने केहि छैन भन्ने ठाउमा धेरै कुरा पाउन सकिन्छ । तर गदै नगर्ने हो भने सुन पाइने ठाउमा पनि केहि नपाइन सक्छ । हामि केहि छैन अथवा हुने सम्भावना भए पनि ठाउ छैन भनेर त्यस काम प्रति चासो दिदैनौँ तर हाम्रै समुदाय भित्र पनि त्यस्ता मान्छे छन जो सम्भव नहुने ठाउमा पनि केहि गदै आएका छन् । हो नवलपरासी जिल्लाको देवचुलि नगरपालीका ६मा बसोबास गर्ने भवानिप्रसाद सुवेदी एउटा उदाहरणका पात्र बनेका छन् । देवचुलिनगरपालिकामा स्थायि बसोबास गदै आएका सुवेदीले यहि बसेर २० वर्ष देखि यहि तरकारी खेति गदै आएका छन । सुवेदीका घरमा यति खेर २ छोरा र श्रीमति गरि ४ जनाको परिवार चल्दै आएको छ, यहि कृषिबाट ।

सुवेदीले २० वर्ष देखि गदै आएको यो पेशाबाट कत्तिपनि हैरान भएका छैनन । अहिले उनि ४५ वर्ष पार गरिसकेका छन तर उनिमाभने युवाहरुमा रहेको जागर जस्तै देखिन्छ । सुबेदीले अझै पनि यो पेशा निकै राम्रो भएको बताउ छन् । हामिले खेति गर्न ठाउ छैन भन्छौ तर सुवेदीले केहि समय गाडि संञ्चालनमा रहेको इट्टा उद्योग जस्तो कडा जमिनको १३ कठ्ठा खालि जग्गमा वार्षिक १३ हजार रुपैया जग्गाको भडा तिर्दै तरकारी खेति गदै आएका छन् । सुवेदीले गरेको यस्तो कार्य देख्दा सम्भावना हामिले खोज्ने हो भने जस्तो ठाउमा पनि केहि न केहि गर्न सकिन्छ । सुवेदीले वैदेशीक रोजगारको तुलनामा आफ्नै देशमा गर्न सकिने वताए । अहिले सुवेदीले लिएको १३ कठ्ठा जमिनमा विभिन्न मौसमि तथा बेमौसमि तरकारी लगाउदै आएका छन् ।

सुवेदीले हाल सम्म सहयोगको नाममा जिल्ला बाट एउटा पानी तान्ने मोटर र गा वि सले पानी संचय गर्न भनि ५वटा रिङ्ग प्रदान गरेको भए पनि त्यति सहयोगले आफुलाई पर्याप्त नहुने वताउछन् । भवानिप्रसादले गरेको मिहिनत र जागर यदि सवैमा भयो भने नहुने र नआउने स्थान नै रहदैन सुवेदीको यो उमेरमा गरेको कार्य हामिले पनि गर्न सक्यौ भने असफलको कुनै नाम नै रहदैन हामीहरु लाखौं रुपयाँ खर्च गरेर रोजगारीका लागि विदेश जान्छौं । त्यहाँ गएर कोहि कुल्लीको काम गर्छौं त कोहि भाँडा माझ्ने अनि जोखिम मोलेर ठुला–ठुला उद्योगहरुमा काम गर्ने गरिरहेका छौं । कतै त दिनभरि पानी पनि नखाई मरुभुमिमा भेडा चराउने काममा व्यस्त रहने गरेका छौं ।

त्यहाँ जाने पैसा लगानी गरेर आफ्नै देशमा यस्ता कृषि व्यवसायहरु संचालन गर्न हामी किन सकिरहेका छैनौं ? यो अहिले चिन्ता र चासोको विषय बनेको छ । सरकारले पनि विदेशिएका हजारौं युवाहुलाई आफ्नै देशमा परिचालन गर्न सकिरहेको छैन । सरकार विदेशबाट रेमिट्यान्सको आशामा लाखौं युवाहरुलाई विदेश पलायन गराउन उद्यत छ भने युवावर्गहरु पनि बलेको लालटिन हातमा बोकेर आगोको खोजीमा दौडदैं छन् । जसका कारण विश्वका थुप्रै राष्ट्रहरुले विकासमा फड्को मारिसक्दा हामी भने कछुवाकै तालमा छौं ।

आखिर यो कहिले सम्म ? राज्यले बेरोजगार युवाहरुलाई देशमै लगानी र प्रतिफलको वातावरण मिलाउनु अहिलेको आवश्यकता हो । यदि यसतर्फ कसैले चासो नदिने हो भने अवको केहि वर्षमै देश संकटको भुमरीमा पिल्सिदै जाने निश्चित छ । यस तर्फ बेलैमा सम्वन्धित निकायले ध्यान पु¥याउनु अहिलेको आवश्यकता हो ।