कंगाल बन्दै टिम्वर कर्पोरेसन

प्रकाश सिग्देल
चितवन, २३ चैत । कामै नगरी बसि बसि तलव खान कहा पाईएला , त्यो पनि देश भुकम्प र नाकावन्दिले थिलो थिलो भएको समयमा ,
जिल्लामा यस्तै एउटा सरकारी कार्यालय छ जहा बिना काम फोकटमै तलव खान पाईन्छ ।a50c61b8-0f01-483a-84e0-82256edf5b7f

नाकावन्दिको बेलामा ग्यासको अभावमा जनता पानि तताउने दाउरा समेत नपाईरहेका बेला दाउरा बेच्ने निकायका कर्मचारीहरु दाउराको झिजो समेत नछोई तलव पचाएरे भनेको सुन्दा कति सम्म मन पोल्छ होला आम नागरिकको ।

त्यो पनि चितवन जस्तो जिल्लामा , यस्तै गरेका छन् जिल्लामा दाउरा र काठको बिक्री गर्ने निकाय द टिम्वर कर्पोरेसन अफ नेपाल चितवनका कर्मचारीहरुले । यो वर्ष अन्य वर्षको तुलनामा निकै वढी काठ र दाउराको कारोवार हुनु पर्नेहो तर यहा उत्पादन चिरान र बिक्री पुरै सुन्य रहेको कार्यालयको फायलमा उल्यख छ । गत बैशाख देखी चैत्रको २२ सम्म कार्यालयको प्रगती पुरै सुन्य छ । जिल्ला वनले प्रयाप्त मात्रामा काठ उपलब्ध नगराउदा द टिम्वर कर्पोरेसन अफ नेपाल चितवन काम बिहिनि बनेको कार्यालयका प्रमुख प्रदिप कुमार निरौला बताउछन् ।

उपभोक्तालाई सहज रुपमा काठ उपलब्ध गराउने गरि सञ्चालनमा आएको कर्पोरेसनले काठको परीपुर्ती गर्न नसकेपछी वार्षीक रुपमा पुरै समय कर्पोरेसन काम बिहिन हुने गरेको हो । कर्पोरेसनमाका कर्मचारीले काठ उत्पादन चिरान र बिक्रीमा कुनै चासो नदिएपछी त्यहा रहेको सःमिल समेत खिया लागेर सञ्चालनमा समस्या हुने अवस्थामा देखिन्छ । जिल्लामा वार्षीक ५० हजार सेफ्टी चिरान काठको माग भएको भएपनि यो वर्ष त्यसको १ प्रतिशत पनि काठ आपुर्ती भएको छैन् । कार्यालय परिसरमा एक झिजो समेत दाउरा देख्न पाईदैन ।

कार्यालय प्रमुख कर्पेरेसनमा झाडी वनाएर सेमिनार र गोष्ठि भन्दै जिल्ला बाहिर डुल्ने गरेको कार्यालयका कर्मचारीहरु बताउछन् । उपभोक्तालाई काठ बिक्रि गरी त्यसको मुनाफाबाट संस्थान चल्ने गरि सरकारले टिम्वर कर्पोरेसन नेपालको गठन गरेको भएपनि पछिल्लो समय त्यहाका कर्मचारीको गलत नियतका कारण कर्पोरेसन धारासायी हुने अवस्थामा छ । काठको अभाव परीपुर्र्ती र काठ बिक्री गर्ने पुर्ण अधिकार टिम्वर कर्पोरेसन नेपालले नपाएकाले कर्पोरेसन सञ्चालनमा समेत समस्या सृजना भएको कर्पोरेसनका चितवन प्रमुख निरौला बताउछन् ।

चितवन जिल्लामा संकलन भएको काठ सामुदायीक वनले गोलाईनै उपभोक्तालाई बिक्री गर्ने गर्दछ भने । जिल्ला वन अन्त्रगतको आपुर्ती शाखा र टिम्वर कर्पोरेसनले चिरेर बिक्री गर्ने गर्दछन् । जिल्ला वन अन्त्रगतको आपुर्तीसाखाले ठेकेदार लगाएर निजि समिलमा काठ चिर्दै आएको छ ।बिगतको तुलनामा यो वर्ष वनमा बढि रुखहरु ढलेको वन कार्यालयले जनाएको छ । तर ढलेका रुख कहा जान्छन् किन उपभोक्ताले पाउन सकेका छौन्न् यो कुरा गम्भिर छ । सरकारले भुकम्प पिडितका लागी भन्दै काठको निकासी र बिक्री प्रक्रिया छिटो गर्न निर्देशन दिईरहेको छ तर कर्पोरेसन कानमा तेल हालेर बसेको देखिन्छ ।
नाकावन्दिका कारण ग्यासको अभावको बेला दाउराका लागी समेत काठको निकासी र बिक्री बढनु पर्नेमा टिसियनले एक क्यु फिट समेत काठ बेच्न नसक्नु टिसियनको कमजोरी भएको उपभोक्ताहरुको आरोप छ ।

गएको असोज बाटनै टिसियन चितवनले सार्वजनिक खरिद ऐन अनुसार नया ठेक्का पट्टा गरी काठ बिक्री गर्ने जनाएको थियो । टिम्वर कर्पोरेसन ,जिल्ला वन र सामुदायीक वन बिचमा कमिसनमा कुरा नमिलेकाले जंगल बाट काठको निकासी हुन नसकेको आरोप उपभोक्ताहरु लगाउछन् । तर कार्यालय प्रमुख निरौला भने यो कुरा मान्न तयार छैनन् । केन्द्रमा जिम्मेवारी हेरफेर भएकाले काममा केहि ढिलाभएको बताउदै बैशाख बाटनै काठ बिक्री गरिने जानकारी दिए । गतवर्ष घाटगद्धी भएको करिव ७ हजार क्युफिट काठको निकासी र बिक्री सुरु गर्ने गरी काम भएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.