मैत्री समाजद्धारा स्टेशनरी र झोला वितरण

चितवन, २३ चैत । नेपाल मैत्री समाजको आयोजनामा संचालित “ सिकाई केन्द्र “मा अध्यनरत छात्र र छात्राहरुलाई स्टेशनरी र झोला बितरण गरिएको छ ।
समाजसेवी प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यमा एक औपचारिक कार्यक्रम गरि सो सामग्री वितरण गरिएको हो । 12970202_1206721312707459_1334939858_o
सस्थाका आजिवन सदस्य दुर्गा आचार्य स्वागत मन्तव्य दिएकोे उक्त कार्यक्रममा सल्लाहकारको तर्फबाट नारायणी पब्लिक उच्च मा. बि.का प्राचार्य वेदराज न्यौपाने मन्तव्य दिदै सिकाई केन्द्रको स्थापनाको एक बर्षमा प्रगती भएको र भोलिका दिनहरुमा आफुले सिकेका कुरा अरुलाई सिकाउनु पर्छभन्दै सुझाव दिए । समाजका अध्यक्ष बिरेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम सदस्य आशिष पौडेलको उदघोषण गरेका थिए ।