सुस्ताका नागरिकलाई गाबिस आउदा भारतिय सुरक्षाकर्मीवाट चरम यातना

नवलपरासी २२ चैत्र । नवलपरासीको सुस्ताबासीलाई गाबिस भबनमा आउदा भारतिय भुमिप्रयोग गरि आउदा भारतिय सुरक्षाकर्मीले चरम यातना दिएको उनीहरुले बताएका छन ।thori-nepali-land-parsa

नारायणी नदीमा पुल बनाउने कुरा धेरै पटक चलेको भएता पनि अहिले सम्म पुल निर्माण हुन नसक्दा दैनिक रुपमा चाहिने सामानका लागी सुस्तावासी भारतीय बजार जान बाध्य छन ।भारतको बाटो जादा भारतिय सुरक्षाकर्मीको चरम दुब्र्यवहार र नेपाली बाटो आउदा नारायणी नदीमा निकै पानी हुने हुदा डुगाको जोखिमपुर्ण यात्राका कारण गाविसमा आउन पनि सुस्ताबासीका निकै सास्ती भोग्नुपर्ने बाध्यता छ ।

आफ्नै गाविस कार्यालय भवन त्रिवेणी जानका लागी नेपाल तर्फबाट नारायणी नदिमा पुल नभएकाले जोखिम पुर्ण डुंगा तरेर आउन पनि निकै समस्या छ तर अन्य बैकल्पीक बाटो नहुदा भारत विहारको बाटो हुदै हिड्दा भारतिय सुरक्षाकर्मीले दुख दिने स्थानिय राम हरिजनले बताए ।

तरपनि सुस्ताबासीले नारायणी नदीमा पुल बन्ने आस अहिलेसम्म मारेका छैनन् २ सय ६५घर धुरि रहेको सुस्तामा करिब २ हजार ५ सय जनसंख्या छ सुस्ताबासीलाई आफ्नौ गाविस कार्यालय भवन डुगांमा जोखिम पुर्ण यात्रा गरी आउनुपर्ने बाध्यता छ । यस प्रति राज्यको ध्यान पुग्न जरुरी रहेको सुस्ताबासीको भनाई छ ।

Leave a Reply

Your email address will not be published.