चैते दशैंमा विक्रम बाबा मेला लाग्ने (भिडियोसहित)

चितवन,२२ चैत । चैते दशैंको अवसरमा लाग्ने जगतपुर नजीकैको राष्ट्रिय निकुञ्जमा हरेक वर्ष जस्तै यसवर्ष पनि विक्रम बाबा मेला लाग्ने भएको छ । चैते दशैको अवसरमा हरेक वर्ष सो क्षेत्रमा विक्रम बाबा मेला लाग्ने गर्दछ । यसपटकको विक्रम बाबा मेला यही चैत २४ गतेबाट शुरु हुने मेला आयोजक समितीले जनाएको छ । मेलाको तयारी भने शुरु गर्न लागिएको बताईएको छ ।Bikarama baba 2

चैते दसैं शक्ति स्वरुपा देवी भगवतीको पूजा आराधना गरी मनाइने गरिन्छ । चैते दसैं हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन मनाउने परम्परा रही आएको छ । असुर शक्तिमाथि दैवीशक्तिको जित तथा असत्य माथि सत्यको विजयका रुपमा लिईने दसैंलाई नेपाली समाजमा महत्वका साथ हेरिन्छ । वर्षमा दुईपटक चैत र असोजमा मनाईने दसैंका अवसरमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको छ ।

 

समाजमा चैते दसैलाई असोजमा मनाइने बडादसैं भन्दा कम महत्वको दिने गरिएको भएपनि देवी देवताका मन्दिरहरुमा बली दिने र पूजा आराधना गर्ने, मान्यजनबाट टिका ग्रहण गर्ने परम्परा भने यस दसैंमा पनि रहेको छ ।saura1nepal

चैते दसैंको दिन काठमाडौंको दक्षिणकाली, शोभाभगवती, गुह्येश्वरी, नक्शाल भगवती, संकटा, कालिका स्थानका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनी लगायत देशभरका शक्तिपीठहरुमा दर्शनार्थीको उल्लेख्य घुइ“चो लाग्ने गर्दछ । यता चितवनको जगतपुर नजीकैको राष्ट्रिय निकुञ्जमा पनि विक्रम बाबा मेला भर्नेहरुको अत्याधिक भीड लाग्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published.