दस बुँदे माग राख्दै नेप्रप्रासको वैठक सम्पन्न

शालिग्राम नेपाल 
चितवन, २२ चैत । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको सोमबार चितवनमा सम्पन्न दोस्रो पूर्ण वैठकले विभिन्न दस बुदे माग सार्वजनिक गरेको छ । sauraha-flasc-gifसंगठनले विभिन्न विश्वविद्यालयहरुमा करार सेवामा कार्यरत प्राध्यापकहरुलाई स्थायी गरी विश्वविद्यालयलाई यस समस्याबाट मुक्त गर्न‘पर्ने, विभिन्न विश्वविद्यालयमा कार्यरत आंशिक शिक्षकहरुको समस्या तत्काल सम्वोधन गरी नियमित विज्ञापन मार्फत शिक्षक नियुक्ति गर्ने प्रक्रिया अवलम्वन गर्नुपर्ने माग राखिएको संगठनका केन्दीय्र अध्यक्ष प्रा.डा यादवप्रकाश लामिछाने बताए ।
वैठक सम्पन्न भएलगत्तै आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रा.डा लामिछानेले विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरुको तलब सुविधा वृद्दि गर्न नेपाल सरकारसँग सङ्गठन जोडदार माग गर्नुका साथै नेपाल पव्लिक विश्वविद्यालय स्थापनाका लागि तत्काल पहल शुरु गर्न नेपाल सरकार समक्ष माग गरिएको जानकारी दिए ।
त्यस्तै अन्य मागहरुमा विश्वविद्यालयमा रिक्त हुने आवधिक पदहरुमा योग्य प्राध्यापकहरुलाई नियुक्त गरी प्राध्यापकहरुको ऊर्जाशील प्राज्ञिक क्षमताको उपयोग गर्न सम्वन्धित निकाय सँग आग्रह गरिनुका साथै पव्लिक क्याम्पसहरुमा प्राध्यापनरत प्राध्यापकहरुको सेवा, सुरक्षा र स्तर निर्धारणका लागि नीति बनाउन राज्यसँग जोडदार माग गरिएको छ ।

शिक्षा जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द हुनु पर्ने प्राध्यापकहरुको उर्जाशील मष्तिष्कबाट निसृत सृजनात्मक विचारलाई राज्यले बढी भन्दा बढी उपयोग गरी समुन्नत राष्ट्र निर्माणको अभियानलाई अघि बढाउनुपर्नृे कुरामा जोड दिइएको सचिव मनोज विष्टले बताए ।
विभिन्न अन्तरििट्रय समुदायले नेपालको संविधान प्रति अनावश्यक वक्तव्य जारी गरिरहेका सन्दर्भमा यस्ता कार्यहरुको घोर भत्र्सना गर्दै वक्तव्यवाजी नदोर्याउन पनि संगठनले अनुरोध गरेको छ ।