डुबेर एक किशोर बेपत्ता

चितवन, २२ चैत । नारायणी नदी किनारमा पौडी खेल्ने क्रममा डुबेर एक किशोर बेपत्ता भएका छन् । बारा जिल्ला जितपुर गढीमाईका भरतपुर २ बस्ने २२ बर्षीय जविर खान आज दिउसो ३ बजे नारायणी नदिमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको वडा प्रहरी कार्यालय चितवनले जनाएको छ । 12321456_1025604570840412_327591467701846233_nप्रहरीका अनुसार नारायणी नदी दियालो नजिक पौडी खेल्न ५ जना समुहमा गएका उनि बेपत्ता भएका छन् भने अन्य भने सकुशल रहेका छन् । खान नारयणगढको संसार टेलरिङमा काम गर्दै आएका थिए । आज सोमबार छुटिको दिन साथीहरुसंग पौडी खेल्न गएको उनिसंगै गएका साथिहरुले बताएका छन् । उनको खोजि कार्य जारी रहेको वडा प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.