वातारणमैत्री साईकल प्रयोगमा ध्यान दिन आग्रह

सम्झना लामिछाने
नारायणगढ, २२ चैत । वातावरण र स्वास्थ्य उपयोगी साईकलको प्रयोगमा जोड दिईएको छ । साईकल व्यवसायी संघ चितवनको दशौं वार्षिक साधारणसभाको अवसरमा बोल्दै सहभागीहरुले साईकलको प्रयोगमा जोड दिएका हुन् । उनीहरुले साईकल चलाउनु स्वास्थ्यका लागी फाईदाजनक प्रमाणती भएकोले यसको प्रयोगमा जोड दिएका हुन् ।
सो क्रममा उनीहरुले अन्य विभिन्न सवारीसाधनहरुको संख्यामा वृद्धि भएकाले पनि साईकल चढ्नेहरुको संख्यामा कमी आएको बताएका थिए । उनीहरुले धुवा फाल्ने सवारी साधनले वातावरण प्रदुषण गर्ने तर साईकलको प्रयोगले वातावरण स्वच्छ राख्न मद्दत पुग्ने धारणा राखेका थिए । दैनिक जीवनमा साईकलको प्रयोग गरेमा अधिकांश रोगहरुबाट बच्न समेत सकिनेमा उनीहरुको सुझाव छ । साथै वातारणमैत्री साईकलको प्रयोगमा सरकारले ध्यान दिन आग्रह पनि गरे । साईकल व्यवसायी संघ चितवनले विभिन्न व्यक्तिहरुलाई आज एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सोही अवसरमा एसएलसीमा उत्कृष्ट अंक ल्याउने, ज्येष्ठ व्यवसायी, महिला व्यवसायी, अशक्त व्यवसायी लगायतलाई सम्मान गरेको छ ।
संघमा आवद्ध विभिन्न साधारण सदस्यहरुका छोराछारीमध्येबाट एसएलसीमा उत्कृष्ठ नतिजा ल्याए वापत् जीवन कुवरलाई सम्मान गरेको हो ।
इस्तै संघमै आवद्ध विभिन्न ज्येष्ठ व्यवसायी, महिला व्यवसायी, र अशक्त व्यवसायी समेत संघले दोसल्ला ओढाएर सम्मान पत्र र आर्थिक रकम सहित सम्मान गरेको कार्यक्रम संयोजक धर्मराज सापकोटाले जानकारी दिए ।
यसैगरी कार्यक्रमको अन्तिम समय सम्म रहने भरतपुर ७ बुद्धचोकको लामा साईकल पसललाई गोलाप्रथाबाट छनौट गरी सम्मान गरिएको छ ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम प्रमुख अतिथी रहनुभएको सो कार्यक्रममा उद्योग वाणिज्य संघ गैडाकोटका महासचिव छविलाल कडेल, होटल व्यवसायी संघ चितवनका अध्यक्ष डासीराम ढकाल, लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रम साईकल व्यवसायी संघ चितवनका अध्यक्ष तुलसीराम भण्डारीको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published.