मुलकमा प्रतिपक्ष आवश्यक छैन : गृहमन्त्री बस्नेत

 

चितवन । गृहमन्त्री शक्ती बहादुर वस्नेतले मुलकमा प्रतिपक्ष आवश्यक नरहेको दावी गरेका छन् । gan daiसबै समेटर सरकार अगाडी बढेको छ, कुनै समस्या छैन्, सबै मिले उनले भने–काँग्रेस लगायतका दलहरु आए यही सरकारलाई राष्ट्रिय सरकार बनाउन सकिन्छ । mantriपूर्वी चितवनको रत्ननगर उद्योग वाणिज्य संघको १७ औं बार्षिक साधारण सभामा बोल्दै मन्त्री बस्नेतले काग्रेसले ठुला कुरा नगरी सरकारका आए जस्तोसुकै लचकता अपनाई जारी समस्या समेत हल हुने जिकिर गरे । यस्तै मन्त्री बस्नतेले अहिले सरकारको विकल्प खोज्ने वेला नभएको भन्दै सबैलाई एकजुट हुन आग्रह गरे । संविधान कार्यान्वयनको महत्वपूर्ण चरणमा रहेको भन्दै उनले सरकारको विकल्प खोज्नुको सट्टा प्रमुख दलहरु एक भएर संविधान कार्यान्वयनमा लाग्नुपर्ने बताए । उनले संविधान कार्यान्वय भएपछि मात्र देश आर्थिक समृद्धि तर्फ लम्कने बताए ।
मुलकका सामाजिक न्याय,शान्ति र सुसासनको लागि सरकार जस्तो सुकै सुरक्षा व्यवस्था स्थापित गर्न तयार रहेको बताए । आर्थिक समृद्धिले मात्र राष्टको स्वाधिनताको रक्षा हुने उनको भनाई छ । आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको उनले वताए ।कार्यक्रममा पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले आर्थिक समृद्धिका लागि सबै नेपाली एकजुट हुन आग्रह गरे । कार्यक्रममा मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाका प्रमुख प्रहरी नायव महानिरीक्षक पशुपति उपाध्याय र चितवनका प्रहरी उपरीक्षक बसन्त कुँवर लगायत सहभागी थिए । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर कुमार प्रधानले व्यवसायीहरुको लगानी सुरक्षित नभएसम्म लगानीकर्ताले लगानी गर्न नसक्ने भन्दै व्यवसायमा सुरक्षाको प्रत्याभूती दिलाउनु पर्ने वताए । युवाहरु दैनिक रुमा विदेशी अवस्थालाई तत्काल रोक्नु पर्ने र स्वदेशीतथा विदेशी लगानी मैत्री अर्थतन्त्र सरकारले अवलम्वन गर्नु पर्ने प्रधानले वताए । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानवहादुर विसुरालको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्व शान्ति मन्त्री सत्या पहाडी,चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह, चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजन गौतम, नेपाली काग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठ,नेकपा एमालेका अध्यक्ष जेएन थपलिया,एकिकृत नेकपा माओवादीका यमवहादुर परियार, संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।सभामा महासचिव देवेन्द्रकुमार श्रेष्ठले प्रगति प्रतिवेदन,कोषाध्यक्ष भीमनारायण श्रेष्ठलेआर्थिक प्रतिवेदन,विशिष्ठ सदस्य राजेन्द्रकुमार श्रेष्ठले विधान संसोधन र उपाध्यक्ष विनोद पोखरेलले कार्यसमितीको तर्फबाट प्रस्तावहरु प्रस्तुत गरेका थिए ।