सौराहा अनलाईनकर्मी ज्ञवालीसहित ३ पत्रकार सम्मानित

चितवन, २२ चैत । चितवनको रत्ननगरमा रत्ननगर उद्योग वाणिज्य संघले सौराहा अनलाईनकर्मी प्रकाश ज्ञवाली सहित ३ पत्रकारलाई सम्मानित गरेको छ । journalist saman kसंघको सोमबार भएको १७ औं वाषिर्क साधारण सभामा सौराहा अनलाईनका प्रमुख लेखक तथा टिप्पणीकार ज्ञावालीसहित कान्तिपुर दैनिकका भरतपुर ब्युरो संयोजक दीपेन्द्र बडुवाललाई बडुवाल र कायाकैरन दैनिकका पूर्वी चितवन शाखा प्रमुख प्रकाशबाबु खानलाई लाई सम्मान गरेको हो । भने ज्ञावाली एभिन्यूज टेलिभिजनका भरतपुर ब्युरो संयोजक पनि हुन् ।
कार्यक्रमका प्रमुख अतिथी गृहमन्त्री वस्नेत र संघका अध्यक्ष विस’रालले नगद १० हजार सहित प्रसंसापत्र सहित दोसल्ला ओढाएर सम्मान गरियो ।
पर्यटन प्रबर्द्धन गर्न जाने क्रममा वि.सं. २०६४ सालमा भएको रत्ननगर महोत्सवका वेला परेवाकोटको स्थलगत अवलोकन पछि फर्कने क्रममा ट्याक्टर दुर्घटनामा परि घाईते भएका तीन जना पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

सम्मानित पत्रकारहरु विगत लामो समय देखि पत्रकारिताका माध्यमबाट आर्थिक सवालमा सशक्त रुपमा आवाज उठाउदै आएका थिए ।

.