बलभद्रको अध्यक्षतामा अखिल नेपाल किसान महासघं क्रान्तिकारी गठन

अनिल भट्टराई,
चितवन, चैत्र २२ । बलभद्र दाहालको अध्यक्षतामा एमाओवादीको भातृ किसान सगंठन अखिल नेपाल किसान महासघं क्रान्तिकारी भरतपुर २५ गठन भएको छ । आज भरतपुर २५ भिमसेननगर मा बसेको किसानको भेलाले दाहालको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति चयन भएका हुन् । जसमा सदस्यहरु बलराम विक, हिमलाल भण्डारी,जुद्ध ब. परियार ,मान ब. सेन्चौरी,मनहरि अधिकारी रहनुभएको छ ।
अखिल नेपाल किसान महासघं क्रान्तिकारी जिल्ला सम्मेलन चितवनका सयोंजक तथा कार्यक्रमका प्रमुख अतिथि नारायण ब. कुंवरले अवको कार्यसमितिले किसानको हक हितका लागी सकारात्मक र सिर्जनात्मक क्रियाकलाप गर्न सुझाव दिदै नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना समेत व्यक्त गर्नुभएको छ ।
४ जना पछि मनोनित गर्ने गरी कार्यक्रम सम्पन्न भएको हो । एमाओवादी भरतपुर नगर सचिव नन्दलाल दाहालले किसानमा बर्तमान परिस्थितिमा छाएको नैराश्यता जायज भएको बताउदै अव समय पार्टीका लागी चुनौतिपुर्ण रहने बताउनु भयो ।कार्यक्रममा एमाओवादी गाउँ कमिटी सयोंजक धर्मनाथ न्यौपाने, किसान महासघं क्रान्तिकारी जिल्ला सदस्य रामचन्द्र दाहाल, एमाओवादी नगर सल्लाहकार दामोदर अधिकारी लगायत ५० जना भन्दा बढि किसान गाउँबासीको सहभागीता रहेको थियो ।
एमाओवादीले केन्द्रिय महाधिवेशन घोषणा गरेपछि पार्टीका भातृ सस्थांको क्षेत्रीय, गाउँ, नगर र जिल्ला अधिवेशन स्वरुप वडा कमिटी गठन भएको हो ।