रत्ननगरमा ४४ जनाले गरे रक्तदान

सुजिता हमाल
चितवन चैत २१।  पुर्वि चितवनको रत्ननगर ९ मा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ। 12919170_953098121454166_982495535_nरत्ननगर ९ मा रहेको युथ क्लव अफ पञ्चकन्याले आयोजना गरेको सो कार्यक्रममा ६ महिला सहित ४४ जनाले रक्तदान गरेका थिए। सौराहमा रहेको सपना भिलेज सोसल ईम्प्याक्टको सहकार्यमा गरिएको सो रक्तदान कार्यक्रम क्लवका अध्यक्ष अर्जुन वास्तोलाको अध्यक्षतमा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published.